शैक्षिक सत्र २०८० सुरु भएको दुई महिना पूरा भइसकेको छ । मौसम प्रतिकुलताका कारण केही समय नियमित पठनपाठन प्रभावित समेत बनेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले अघिल्लो शैक्षिक सत्रको समीक्षा र चालु शैक्षिकसत्रको योजना नबनाए पनि विद्यालयहरुले भने सकेसम्म आफ्ना योजना बनाएका छन् । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयलेको चालु शैक्षिक सत्र २०८० को वार्षिक तालिका बनाइसकेको जनाएको छ । वार्षिक शैक्षिक तालिकाअनुआर विद्यालयले विविध कार्यक्रम गर्दै आएको छ । विद्यालयको शैक्षिक तथा भौतिक पक्षसँग सम्बन्धित रहेर समृद्ध समाजका लागि कुसुम खड्काले सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मासँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः सिद्धार्थ माविको चालु शैक्षिक सत्र २०८० का लागि विद्यालयको योजना कुन चरणमा छ ?
समाजः अघिल्लो वर्ष र अहिलेको अवस्थामा विद्यालयमा के फरक छ र किन छ ?
समाजः विद्यालयको समग्र विकासका लागि कुन पक्ष बढी चुनौतिपूर्ण छ ?
शर्माः हालको अवस्थामा विद्यार्थीको संख्या २ हजार ३ सय हाहाहारी भएका कारण उपयुक्त कक्षाकोठा व्यवस्थापनमा समस्या देखिन्छ । सँगसँगै खानेपानीको अत्यधिक प्रयोग हुने भएकोले कहिलेकाही त्यस्को पनि समस्या आइपर्ने गर्छ ।
समाजः विद्यालयमा देख्नु हुने कठिनाई र समस्याको समाधानका लागि विद्यालयले के कस्ता कदमहरु चालिरहेको छ ?
शर्माः अहिले विद्यालयमा देखिएको समस्याका लागि तत्कालिन केन्द्रिय सरकार, प्रदेश सरकार, उपमहानगरपालिका तीनै तहको सरकारमा पहल गरिरहेका छौं सहयोग भने आइपुगेको छैन । तर केही समयसम्म सहयोग आउने बाटो बनाउने वार्ता भने गरिएको छ । साथै विद्यालयको आन्तरिक स्रोत, साधन प्रयोग गरी समस्या समाधानको निरन्तर प्रयत्न भैरहेको छ ।
समाजः विद्यालयको वार्षिक तालिकाअनुसार के कस्ता गतिविधि तय गरिएको छ ?
शर्माः वार्षिक कार्यक्रम तालिकामा विद्यालयको सबै पक्ष समावेश गरिएको छ । जस्तै; मासिक कति समय अध्ययन गर्ने, शिक्षकले पढाउने विधिको प्रशिक्षण तालिम, अतिरिक्त क्रियाकलाप छनोट तथा ६ सदनबीच प्रतिस्पर्धा जस्ता गतिविधिहरु तालिकानुसार गर्ने तयारी छ र केही हदसम्म कार्यान्वयन पनि हुँदैछ ।
समाजः सिद्धार्थ माविले विद्यार्थी लगायत समग्र विद्यालयकै विकासका लागि के कस्ता लक्ष्य राखेको छ ?
शर्माः सर्वप्रथम हामी मात्रामा भन्दा पनि गुणस्तरमा बढी जोड दिन्छौं । विद्यालयको सारा विद्यार्थीलाई उपयुक्त पढ्ने, लेख्ने वातावरण मिलाइदिने, प्रयोगशालाको उचित प्रयोग गर्न सिकाउने, किताबको ज्ञान मात्र नभई बाहिरी ज्ञानको कुराहरू सिक्ने सिकाउने, सकेसम्म सबै तहका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने, श्रोत÷साधनको परिचालन गर्ने, अभिवावक, शिक्षक लगायत विद्यार्थीसँग नियमित प्रशिक्षण कक्ष राख्ने आदि जस्ता कुराहरुलाई समेटेर लक्ष्य तयार गरेका छौं ।