सांकेतिक तस्वीर ।

हेटौंडाः गौरिटारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका आशिष ढकालको मृत्यु भएको छ । उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा २८ वर्षीय ढकाललाई ४ बजेर १२ मिनेटमा डाक्टरले मृत घोषणा गरेको हो ।

आज शुक्रबार दिउँसो ३ बजेर ३५ मिनेटमा ६ गौरिटारस्थित धरान–चतरा सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए । फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना ४७ प ३०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका दीपु लामाको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।