उत्सव चौलागाई ।

हेटौँडा : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा उत्सव चौलागाईँ निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा भएको चौथो जिल्ला अधिवेशनले चौलागाईँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा लक्ष्मी पौडेल र सानी मोक्तान, सचिवमा हीरालाल तामाङ, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा मोहन खतिवडा, परिदेश पराजुली, रुपेश सिलवाल, मेनुका यादव, पार्वती पौडेल र मिलन थापा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन समारोह नितर्वमान अध्यक्ष भोलानाथ चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।

नवनिर्वाचित समितिको सामूहिक तस्वीर ।