फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरिटारस्थित धरान–चतरा सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना ४७ प ३०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार हेटौंडा–१८ हर्नामाडीका २८ वर्षीय आशिष ढकाल र सोही ठाउँका २९ वर्षीय दीपु लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते दुबै जनाको शरिर र टाउकोमा चोट परेको र अवस्था गम्भीर रहेको प्र्रवक्ता कार्कीले बताउनुभयो । घाइते दुबै जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।