हेटौँडा : मकवानपुरगढी गाउँपालिका–३, मक्रन्चुलीमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
सहकारीले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । हेटौँडा अस्पतालमा मिर्गौलाको डायलासिसका बिरामी बढेसँगै अहिले केन्द्रमा ‘ए’ र ‘ओ पोजेटिभ’ समूहको रगत अभाव रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ । आउँदो सोमबार राउन्ड टेबल संस्थाले बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।