हेटौँडा : सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९, ठुलो लखनपुरमा कल पेल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बंसु अधिकारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा अधिकारी आफ्नै घरमा रहेको पानी पेल्ने कल पेल्ने क्रममा लडेर बेहोस भएका थिए । अधिकारीलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजेर १५ मिननेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।