हेटौँडा : मकवानपुर होटल एशोसिएशनको दिलिशगोविन्द जोशी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । जोशी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्याण), महासचिवमा हरिगोपाल सापकोटा, सचिवमा उमाप्रसाद रौनियार (डब्लु) चयन हुनुभएको छ । यस्तै, कोषाध्यक्षमा रविन लामा र सहकोषध्यक्षमा सुरेश लामा चयन हुनुभएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । साधारणसभा तथा अधिवेशनको अवसरमा मकवानपुरका पुराना होटल व्यवसायी बुद्धि बहादुर लामा र अमृत मानन्धरलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आर्थिक मन्दिका कारण नेपालको धेरै ठाउँमा होटल व्यवसायी विस्थापित हुनुपरे पनि मकवानपुरमा हुनु नपरेको बताउनुभयो । हेटौँडा चारैतिर बाटोले घेरिएको स्थान भएकाले होटल व्यवसायका लागि हेटौँडा उपयुक्त स्थान भएको नगरप्रमुख लामाले बताउनुभयो । उद्घाटन समारोहमा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, होटल एसोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्माको पनि आतिथ्य रहेको थियो ।
