स्वास्थ्य भन्नाले सन्तुलनः समग्र स्वास्थ्यका लागि व्यक्ति र वातावरणको बीचमा एउटा सन्तुलित सम्बन्ध अत्यावश्यक छ । भित्र र बाहिरको तालमेलको अभावमा शरीर वा मनका विकारहरु देखिन्छन् । हाम्रो शरीरमा पाँच वटा तत्वहरु माटो, पानी, आगो, हावा र आकाश ठिक स्थानमा र मात्रामा रहनुको साथै वातावरणको यी पाँच वटै महाभूतहरुसँग योग्य व्यवहार राख्न पाए स्वास्थ भन्न मिल्छ ।
आयुर्वेदको भनाई हितभुक, मिसभुक, ऋतभुक अर्थात् हितकारक भोजन सीमित मात्रामा भोजन र ऋतु अनुसार भोजन गर्नुपर्छ । अनिमात्र व्यक्ति स्वस्थ हुन्छ । शरीर, मन, आत्माको आपसी सम्बन्ध स्वस्थपूर्ण हुनका लागि त्रिदोष वात, पित्त र कफको सन्तुलन अति आवश्यक छ । आकाश र वायु मिलेर वात दोष आगोबाट पित्त दोष र मानी माटो मिलेर कफ दोष बन्दछ । बढेको दोषलाई सम गर्ने, सञ्चय भएकोलाई बढ्न नदिने वा निकाल्ने र प्रकोप भएको दोषलाई शान्त पार्ने खालका उपायहरु गर्नुपर्छ ।
वर्षा ऋतुको ऋतुचर्चाः ऋतुअनुसार योग्य आहार–विहार गर्नुलाई ऋतुचर्चा भनिन्छ । पछिल्लो ग्रीष्म ऋतुमा गर्मीको कारणले पाचन शक्ति कमजोर भएको थियो । अहिले पानी परेर त्यो झन् दुर्लभ हुन पुग्छ । शरीरमा वात दोषको प्रकोप हुन्छ । त्यसैले वायु कम गर्ने, त्यस्तै पित्तदोष सञ्चय हुन्छ । यसलाई जम्मा हुन नदिने उपाय गर्नुपर्छ । रोगप्रतिरोध क्षमता बढाउने फोक्सोलाई बलियो बनाउने लक्ष्य राखेर तदअनुसार आहारविहारको व्यवस्था मिलाउनुपर्छ ।
पच्य आहारविहारः नुनिलो, गुलियो र अमिलो स्वादका खाद्य पदार्थहरु भोजनमा राख्नुपर्छ । पच्नुमा सजिला, हलुका, ताजा, पाचक, रसलाई बढाउने जौ, मकै, रहर दाल, लौका, भिण्डी, घिरौला, गोलभेँडा, पुदिना, अदुवा, मरीच, ज्वानो, स्याउ, आँप, जामुने, र झोलिलो तरकारीको साथमा हर्रो खाने र तुलसी फिटकिरीलाई पानीमा घोलेर पिउने । लामखुट्टेको प्रकोपबाट बच्नका लागि जमावट भएको पानीमा किटनाशक वा मट्टीतेल थर्नेर झुल लगाएर सुत्नुपर्छ ।
अपच्य आहार विहारः वायु बढाउने चना, मासदाल, मुसुरो, केराउ, आलु, कटहर, र सातु नखाने । भोक नलागे नखाने । रातिको भोजन सक्दो छिटो गर्नुपर्छ । तितो, टर्रो र पीरो रसका खाद्यपदार्थहरु नखाने । आकाशमा बादल भएको बेला पित्तदोषको प्रकोप हुन्छ । यसैकारण धेरै अमिलो, तारेको बेसन, खुर्सानी, बढी मसला, बासी र पित्त बढाउने पदार्थहरु नखाने । रात्रि दही, दिनमा सुत्ने, अतिसह्रवास, खाली खुट्टामा हिँड्नु, धेरै व्यायाम, गरीष्ठ (भारी) भोजन, भोक, नहुँदा नहुँदै खाने आदि । त्याग्नुपर्छ । भिजेको लुगा लगाए राख्ने, ओसिलो ओछ्यानमा सुत्ने, पेट साफा गर्ने, कडा जुलाफ लिन र शङ्क प्रक्षालन क्रिया गर्नेबाट टाढा बस्नुपर्छ ।
योग र प्राकृतिक उपचारः मणिपुर र अनाहत्तचक्रलाई बलियो पार्ने पवनमुक्तासन, भुजङ्गासन, धनुरासन, उष्ट्रासन, मत्स्यासन, सर्वाङ्गासन, उड्डयन अग्निसार मुद्रा, अपानवायु मुद्रा र वाचवी तथा आग्नेयी प्राणायम गर्नुपर्छ । तेल मालिस गरम खुट्टा स्नान भापस्नान, कम्मर स्नान गर्ने । सुत्नेबेला नाक, कान, नाईटो र पैतालामा तेल दल्ने । एक छाक टार्नु निशिभोजवा उपवास गर्नु राम्रो ।