हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ कुसुमटारमा पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय कुल प्रसाद गौतम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजेर १० मिनेटको समयमा गौतम मरिण खोला कुडुले दहमा पौडी खेल्ने क्रममा डुबेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।