हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–४, पौवामा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीया संजिवनि परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा संजिवनि आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर घाइते अवस्थाममा फेला परेकी थिइन् । संजिवनिलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेशि लगिएकोमा दिउँसो ४ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत्यु घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।