अनुषा उप्रेती कक्षा ८, नवोदय शिशु सदन

खुला पानाजस्ता पर्वतहरुले
सुसज्जित मेरो प्यारो नेपाल
कलै कलाको रङ पोतिदिए झैँ
कलात्मक मेरो भूमि नेपाल

खै कुन भमराको
आँखा लागेछन् यहाँ
फूलजस्तो सुवास दिने
यहाँको हावालाई
यस देशमा फुल्ने फूलहरु
बाटो लागे देशलाई त्यसै छाडी

प्रशासकहरुको कुर्सीमा बस्ने
मात्रै काम भयो
नेपाललाइ बेची अब
अमेरिकनको नाम रह्यो

वीर पुर्खाहरुले युद्धमा
रगतको खोलो बगाएर
बचाए यस देशको
स्वाभिमान र स्वतन्त्रता

राणा शासन विरुद्ध वाणी उठाएर
हाँसी हाँसी फाँसीको माला पहिरिए
बचाइ यस देशको स्वाधीनता
ल्याए यहाँ समानता

पैसाको पट्टी बेरेका
देशका शासकहरुले
आफ्नै देशको लालपुर्जालाई
थम्याइदिए अर्कै देशको हातमा

देश हाक्ने हुँ भन्दैमा
वीरताको गाथाले
लेखिएको इतिहास
पढ्नै नदिई च्यातचुत च्याती
जलाउन जायज छ र ?

देश हाक्ने हुँ भन्दैमा
पुर्खाहरुको महत्वपूर्ण बलिदानलाई
मोलको स्तरमा झारेर
बेच्न लायक छ र ?

देश हाक्ने हुँ भन्दैमा
नेपालको हरियाली सौन्दर्यलाई
पैसाको नियतमा हेरी
रित्याउनु जायज छ र ?

आखिर पीर त लाग्छ नै
देशलाई सङ्कतमा देख्दा

हे देशका शासकहरु !
कस्तो ढुङ्गाको मन
रहेछ तिमीहरूको
नेपाल आमाको
गहभरी आँशु देख्दा
पोल्दैन तिम्रो मन ?
भन त
रुँदैन तिम्रो मन ?

भ्रष्टाचार त्यागी अब
निस्वार्थको बाटो रोज
देश र देशवासीलाई
एकतामा बाँध्न खोज

नेपालको सुन्दरता एक हतियार बनाई
बीचमा आउने ती भमरालाई
हतियारको उर्जा देखाई
वीरताको गाथा सुनाउ
रगत र पसिनाको मूल्य बुझाऊ

वीर पुर्खाको बलिदानलाई
खेर जान नदेऊ
नेपाल आमाको मुहारमा
हर्ष भरिदेऊ
सुषुप्तिबाट जागृत बनी
गर देश विकास
सङ्कटमा फसेको देशमा
ल्याऊ अब निकास ।।

(नेपाल भाषा खलको आयोजनामा श्रावण २८ गते भएको कविता प्रतियोगितामा सान्त्वना हुन सफल)