हेटौंडाः जिल्ला बाल क्लब मकवानपुरले कोरोना भाइरस संक्रमणमा बाल स्वास्थ्य मनोविमर्शको कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापी बढ्दो कोरोना भाइरस संक्रमणका बेला तथा तेस्रो लहरमा बढि बालबालिकामा जोखिम रहने अनुमान गरिएको हुँदा यसबाट बच्न बालबालिकालाई स्वास्थ्य सम्बन्धी परामर्श तथा विमर्श कार्यक्रम भएको हो ।
बाल संरक्षणमा अबको आवश्यकताबारे दिपेन्द्र कुमार पाठकले जानकारी गराउनुहुँदै ठूलो संख्यमा युुवा विदेशिएको अवस्था रहेको र बालबालिकाको संख्या अत्यधिक मात्राका हुँदा बढि बालबालिका नै जोखिममा रहेको बताउनुभएको छ । अरु विपद्मा राहत सामग्री बोकेर घटनास्थल तथा सम्बन्धित ठाउँमा गएर दिने व्यवस्था थियो तर यो फरक किसिको विपद् रहेकोले सहज रुपमा समेत राहत सामग्री पुर्याउने स्थिति नभएको उहाँले बताउनुभएको छ ।
कतिपय बालबालिका इन्टरनेट तथा सामाजिक सञ्जाल बाहिर रहेको हुँदा बाल संरक्षण अहिलेको महामारीमा चुनौती देखिएको छ । बालअधिकार प्रत्याभूत गराउने, बालबालिकाको स्वास्थ्य अवस्था कसरी स्वास्थ राख्ने तथा मानसिक अवस्था स्वस्थ कसरी राख्ने, बालहिंसा खेप्नुपर्ने स्थितिबाट कसरी मुक्त गराउने, बालबालिकामा नेतृत्वको भूमिका र बाल वकालत जस्ता कुरामा राज्यको नेतृत्वदायी भूमिका रहेकोले ध्यानाकर्षण गराई नागरिक समाज जस्ता संस्थाले नेतृत्वदायी भूमिका राख्नुपर्ने उहाँले बताउनुभएको छ ।
बाल मनोविज्ञान जटिलताको विषय रहेकोले यसमा बाल क्लबलाई नै जिम्मेवार बनाउनुपर्ने उहाँले बताउनुभएको छ । बाल हिंसा, बाल बेचविखन, बाल विवाह विरुद्ध कसरी लड्ने भन्ने कुरामा उपायहरुप्रति जिम्मेवार बताउनुपर्छ । यसका निम्ति बाल अधिकारकर्मीले कसरी सुचना संकलन गरिरहेको छ र सरोकार निकायलाई सुचना कसरी दिलाएर संवेदनशील बनाइरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभएको छ । जुन चुनौतीपूर्ण विषय रहेको हुँदा शिक्षणमा बहुसिकाई उपाय रहेको र जुन विद्यालयबाहिर रहेको बालबालिकालाई सिकाई र ज्ञानमा फाइदा नखोज्ने स्थिति भएकाले यसमा सरोकार पक्षको ध्यानाकर्षण हुनुपर्ने उहाँले जानकारी दिनुभएको छ ।
हेटौंडा अस्पतालका कोभिड ईन्चार्ज डा. सागर काफ्लेका अनुसार बालबालिका आफैँ यस महामारी विरुद्ध जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । आफ्ना अभिभावक र समुदायमा सुरक्षित रहन सचेत गराउन बालबालिकाको अहम् भूमिका रहेको काफ्लेले जानकारी दिनुभएको छ । यसैगरी नेपाल बाल संगठन मकवानपुरकी सदस्य दिलमाया घर्तीले विपद्मा बालबालिका उद्दारमा युवाको भूमिका प्रष्टाउँदै महामारीलाई परास्त गर्न संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
बालकल्याण समाज मकवानपुरका संयोजक प्रकाश खतिवडाले कोरोना र बालबालिकालाई शिक्षाको विकल्प प्रस्तुति गराउनुहुँदै यस महामारीमा सरकारले मात्र लड्न नसक्ने हुँदा नागरिक समाज जस्ता संस्थाहरु लगायत बालबालिका सबैको समन्वयले महामारी परास्त गर्न सक्ने उहाँले बताउनुभएको छ । अभिभावकले आवश्यकता बुझ्न नसक्ने हुँदा कतिपय बालबालिका मानसिक तनावबाट ग्रस्त बनेको अवस्था रहेको खतिवडाले बताउनुभएको छ । बालबालिका आफैं सकारात्मक सोचाई केन्द्रित गरी समस्याको समाधानमा समन्वय गरिनुपर्ने उहाँले बताउनुभएको हो ।
मनोवैज्ञानिक र मनोसामाजिक समस्या समाधानमा सबैभन्दा ठूलो औषधी भनेको सुखी जिवन तथा हर्षको मुस्कान रहेको हुँदा चिन्तालाई चिन्तनमा मनन् गर्न बालबालिकालाई आग्रह गर्नुभएको छ । कसैले नकारात्मक धारणा तथा व्यवहार प्रस्तुत गर्छ भने सकारात्मक सोचाइमा बालबालिका केन्द्रित हुनुपर्ने उहाँको धारणा छ । भौतिक विकास तथा नेतृत्वदायी भूमिका निर्वाह गरी सही र गलत छुट्याई मनोसामाजिक समस्या सामाधनमा सहयोग पुर्याउन आग्रह गर्नुभएको हो ।
यस्तै सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले खोज तथा उद्दार सम्बन्धमा जानकारी गराउनुहुँदै कुनै पनि बालबालिका आपत र विपद् जस्ता समस्यामा परे सम्बन्धित नम्बरमा तत्काल फोन गर्न आग्रह गर्नुभएको छ । यसबाट तत्काल उद्दारमा सिविन बालहेल्पलाइन अग्रसर हुने उहाँले बताउनुभयो । स्थानीय तहमा बालबालिकामा समेटिएका बजेटमा बाल क्लब र किशोरी समूहले आफ्ना एजेण्डा प्रस्तुत गरी स्थानीय सरकार समक्ष जाहेर गर्न तप्पर हुनुपर्ने उहाँले बताउनुभएको छ ।
एनसिआरका कार्यक्रम संयोजक आत्माराम थापाले बालबालिका केन्द्रित कार्यक्रम बालबालिकालाई सञ्चालन गराउन सकिने उहाँले बताउनुभएको छ । जसले भौतिक क्षमता साथै नेतृत्वको भूमिकामा बालबालिका अगाडि बढ्नेमा जोड दिनुएको हो । कार्यक्रम जिल्ला बालसञ्जाल मकवानपुरका अध्यक्ष सुसन विश्वकर्माको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा बालअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।