हेटौंडाः बागमती प्रदेश सभा अर्को सुचना नभएसम्मको लागि स्थगित भएको छ ।
आज बसेको पहिलो बैठकमा बजेट अधिवेशनको दलका नेताहरुले शुभकामना दिएका थिए भने दोस्रो बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताहरु आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सदनमा पेश गर्नुभएको थियो ।
सदनमा बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको थियो । आज १४ सांसदहरु छलफलमा सहभागि भएका थिए ।