फोनिज मकवानपुरको नयाँ समिति सर्वसम्मत चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नयाँ समिति सर्वसम्मत चयन भएको छ । शनिबार हेटौँडामा भएको अधिवेशनले नवराज वाईबाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

फोनिज मकवानपुरको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ चयन हुनुभएको छ । सदस्यमा जमुना थिङ, सम्झना थापा मगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रविन्द्र वाईबा र विवेक सिन्तान चयन हुनुभएको छ ।

फोनिज केन्द्रीय पार्षद्मा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डङ्गोल, सूवर्णलाल श्रेष्ठ, उमेश राई चयन हुनुभएको छ भने प्रदेश पार्षद् अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, प्रमोद कुमार राई सर्वसम्मत चयन हुनुभएको छ ।

फोनिज मकवानपुरको छैठौं अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।