मुना मंग्रान्ती , कक्षा ११ हेटौँडा स्कुल अफ म्यानेजमेन्ट

देखियो प्रगति दुनियाँको
कहिल्यै डाहा नै भएन
कोसिस निकै गर्दा पनि
यो जिन्दगी आहा नै भएन

दुनियाँको खुसी
सोच्दा सोच्दै
आफ्नो खुसी
कहाँ छुट्यो थाहै भएन
मैले भने सबैलाई
आफ्ना ठानी रहेँ
तर आफ्ना पनि
पराइ भाको थाहा नै भएन

त्यस्तै रहेछ जिन्दगी
सानो हुँदा
अक्षर चिन्न गाह्रो
ठुलो भएपछि मान्छे चिन्न