म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गर्नुहुँदै नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरे ।

हेटौँडा : हेटौंडामा जारी पहिलो संस्करणको अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा क्वार्टरफाइनल चरणको ३ खेलहरु सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको खेलमा जीत निकाल्दै हेटौँडा–१५, हेटौंडा–१२ र हेटौंडा–१९ नम्बर वडाको टिम सेमीफाइनलमा प्रवेश गरेको हो ।

पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई हेटौंडा–१५ ले टाइब्रेकरमा ५–४ गोलले हराएको छ । निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । हेटौंडा–६ का लागि २५ औं मिनेटमा अनुज राईले गोल गर्दै अग्रता दिलाए भने हेटौँडा–१५ बाट दोस्रो हालको ३८ औं मिनेटमा असिम वाईवाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

६ नम्बरका लागि टाईब्रेकरमा नितेश राई, अनुज राई, लिसेन गुरुङ, संगम चौलागाईले गोल गरे भने योगेश राईको प्रहार गोलमा परिणत हुन सकेन । हेटौंडा–१५ को तर्फबाट रेहान घलान, नविन लो, प्रज्वल लामा, कविर वाईबा, रोहित डिम्डुङ्गले गोल गरे । म्यान अफ द म्यान ६ नम्बरका अनुज राई घोषित भए ।

बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई हेटौँडा–१२ ले ३–१ गोलअन्तरले हराएको छ । हेटौँडा–९ को तर्फबाट खेलको २३ औं मिनेटमा बिप्लव बोहोराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हेटौँडा–१२ का लागि २५ औं मिनेटमा आदित्य मोक्तानले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । दोस्रो हाफको ५३ औं मिनेटमा हेटौँडा–१२ का उर्गेन रुम्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको अन्त्यतिर आदित्य मोक्तानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । म्यान अफ द म्याच आदित्य मोक्तान घोषित भए ।

बिहिबार भएको तेस्रो खेलमा हेटौँडा–१९ ले हेटौंडा–८ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको छ । खेलको निर्धारित समयमा एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । हेटौँडा–१९ बाट पहिलो हाफको २१ औं मिनेटमा पेम्वा बलले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको २३औं मिनेटमा हेटौँडा–८ का सन्देश देउलाले गोल गर्दै खेल बराबरीमा पु¥याए । म्यान अफ द म्याच हेटौँडा–१९ का विवेक भोलन घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार क्वार्टरफाइनल चरणको अन्तिम खेलमा हेटौँडा–११ र हेटौँडा–१८ बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो सेमीफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । गत असोजमा पहिरोमा परेर निधन भएका एन्फा एकेडेमीमा आवद्ध हेटौँडा–१२ का अनुपम घलानको स्मृतिमा हेटौँडा उपमहानगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।

१० वटा टिम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः एक लाख र ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन् ।