संकेतिक तस्बिर

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, लावतीमा ३४ वर्षीय दिपक स्याङ्तानले सौतेनी बुबालाई कुटपीट गरेका छन् । कुटपिटबाट ४८ वर्षीय सिताराम वाईबा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार राती ८ बजेको समयमा स्याङ्तानले सँगै बस्ने वाईबालाई घरायसी विवादको कारण कुटपिट गर्दा बेहोस भएका थिए । घाइते वाईबालाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । कुटपिट गर्ने स्याङ्तानलाई प्रहरी चौकी चैनपुरको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।