सांकेतिक तस्वीर ।

हेटौँडाः बारा जिल्ला प्रहरीले लागूऔषध गाँजासम्बन्धी मुद्दामा फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजाको मुद्दामा फरार रहेका मकवानपुर जिल्लाका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतले विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना तोकिएर फरार रहेका उनीहरुलाई आइतबार पक्राउ गरेर जिल्ला अदालत बारामा पेश गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । लागूऔषधको मुद्दामा हेटौँडा–१६, हटियाका विकास थिङ, शुक्रबहादुर मोक्तान, शालिकराम वाईबा, पिपलाल वाईबा, अजय कुमार थिङ पक्राउ परेका हुन् । उनीहरुलाई बारा जिल्ला अदालतले १ बर्ष २९ दिन कैदको सजाय र ६ हजार रुपैयाँको जरिवाना फैसला गरेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश थिङले जानकारी दिनुभएको छ ।