हेटौंडाः हेटौंडाका कवि निमेष निखिलले शुक्रबार काठमाडौंमा एकल कविता वाचन गर्नुहुने भएको छ । असोज १० गते जनसाहित्यिक मञ्च नेपालको सभाकक्षमा अविरल जनसाहित्य यात्राको ६१ औं श्रृंखलामा कवि निमेष निखिलले एक दर्जन कविता वाचन गर्नुहुने भएको हो । साहित्य संगम मकवानपुर तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल नेपाली भाषा, साहित्यका प्राध्यापक समेत हुनुहुन्छ । कवि निमेष निखिलले प्रस्तुत गर्नुहुने कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि विमल निभाको प्रमुख आतिथ्यता रहने तथा डा. विप्लव ढकालले समीक्षा गर्नुहुने छ ।