हेटौँडा : सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३, नौबिसेमा बुधबार भैंसीले हान्दा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्ती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

फणिन्द्र भुजेलको गोठमा बाँधेको भैंसीलाई घाँस हाल्न जाँदा घर्तीको मृत्यु भएको हो । अचानक भैंसीले बाँधिरहेको किला भाँचेर आक्रमण गरेको प्रहरीको भनाइ छ । घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।