शरीरमा पानीको आवश्यकताः हाम्रो शरीरमा प्रतिदिन प्रायः २५०० मिदीलिटर पानीको खपत हुन्छ– मृगौलाबाट १५००, छालाबँट ६५०, फोक्सोबाट ३२० र मलमार्गबाट १३० मि.लि. । यद्यपि यसको पूर्ति केही हदसम्म भोजनमा हुने जलीय अंशद्वारा हुँदै गर्छ, तापनि यसको सन्तुलन बनाएर राख्नको लागि मनुष्यलाई कम्तिमा साढे दुई किलो (२५०० मि.लि) पानी पिउनु आवश्यक पर्दछ ।
विज्ञानको दृष्टिमाः तिर्खाको वास्तविक सम्बन्ध शरीरको निर्जलीकरण (डिहाइड्रेसन) को सँग छ, जसको संकेत हामीले रगतद्वारा पाउछौं । घण्टौं खेल्ने वा घाममा परिश्रम गर्नाले पसिनाको रुपमा धेरै पानी शरीर बाहिर निस्किन्छ । परिणामस्वरुप पानीको कमीले रगत बाक्लो भई जान्छ । निर्जलीकरणको यस प्रक्रियाबाट शरीरमा पानीको कमी हुन्छ ।
पानीको अभावको परिणामः तपाईको आहार जत्ति पुष्टिकारक र तुरुन्त हजम हूने खालको भएपनि त्यसको प्रयोग व्यर्थ नै हुन्छ, जबसम्म त्यसको साथमा पानीको प्रयोग गरेको हुँदैन । किनकी अन्नमा पानीको सहायता न भएपछि त्यो पनचन हुने छैन । शरीरको भाग बन्न सक्दैन र मस्तिष्क, पेशी र नशाहरुलाई पुष्टि प्रदान गर्न योग्य बन्दैन । यो यस्तो बस्तु हो, जसले आहारलाई, जीवनलाई स्थिर राख्दछ । नशाहरुमा प्रवाहित भएर अंगहरुलाई विकसित गर्दछ । हामी नखाईकन धेरै दिनसम्म जीवित रहन सक्छौं तर पानी नखाइकन सक्दैनौं ।पानी आवश्यक भएको खण्डमा बिना ठोस आहारको चालिस–पचास दिनसम्म र कतिपय अवस्थाहरुमा केही अधिक, मनुष्य वा अन्य पशुहरुलाई जीवित राख्न सकिन्छ । तर पानी रोकेपछि मनुष्य अधिकतम १५ दिन जीवनको गाडीलाई तान्न सक्छ, त्यो भन्दा बढी छैन । समुद्री यात्रामा लामो समयसम्म समुद्रको पानीबाट शरीरलाई चिसो पारेर तिर्खालाई धेरै समयसम्म टाल्न सकिन्छ ।
सूख्खा वातावरणमाः जस्तै यात्रामा कडा घामको समय एक चौथाई ग्यालन पानी प्रति घण्टाको हिसाबले शरीरको बाहिर निस्किन्छ । शरीरको ३ देखी ५ प्रतिशत पानी निक्लेपछि मनुष्यले असुबिधा महसुस गर्दछ र चिडचिडे स्भावको हुन्छ । ५ देखी १० प्रतिशत कम भएपछि मुख सुकेर कपडा जस्तो लाग्छ, जिब्रो तालुलाई टासिन्छ, छाला सुख्खा भएर खुम्चिएर मुख मरे जस्तो लाग्छ र मानछेले घाँटीबाट निगलने क्रिया छिटो छिटो दोहोर्याउछ । आफ्नो साथमै कुरा गर्न लाग्छ । १०–२० प्रतिशत पानी कम भएको अवस्थामा आँखाहरु झप्किेने (बन्द–खुल्ला हुने) क्रिया बन्द हुन्छ, बोल्नमा असमर्थ भएर मुखमै विलाप गर्न लाग्छ । यस स्थितिमा ऊ आफ्नै पेसाब वा रगतसम्म खान सक्छ । २० प्रतिशत भन्दा बढी पानी निस्कीसकेपछि छालाबाट पसिनाको ठाउँमा रगतका थोपाहरु निस्कन थाल्छ र आ“खाबाट पनि रथत टप्किन्छ । प्यासो व्यक्ति निराशामा बालुवामा खोद्दै अन्तमा मृत्युलाई प्राप्त हुन्छ ।
गर्मीको मौसममाः तापमान सामान्य राख्नको लागि प्रत्येक १०० ग्राम क्यालरी उष्णता शरीरको बाशिर निकाल्नको लागि हामीलाई १२००–१३०० मिलि पानी पसिनाको रुपमा आउ“छ । शरीरमा निरुन्तर हुने रासायनिक प्रक्रियाहरु र धेरै कडाकाम गर्नको कारण मांसपेशीहरुको सक्रियताबाट उत्पन्न गर्मीमा नै हामी जलेर भष्म भई जान सक्छौं । यदी कोशिकाबाट पानीलाई अतिरिक्त उष्णताको रुपमा बाहिर निकालिएन भने यो गर्मी पसिना र मूत्रको साथमा बाहिर निकालिन्छ ।
पानी र नूनको सम्बन्धः लामो समुद्री यात्रामा व्यक्तिहरुले केवल वर्षाजल, माछाहरुको मासु निचोरेर वा शुद्धपानीको साथमा समुद्रीजल पएिर आफ्नो तिर्खा मेटाएको देखिन्छ । तर आमतौरमा समुद्रको पानी पिएर बा“च्न सक्दैन । हाम्रो शरीर एउटा निश्चित सीमाभन्दा बढी नून आफूमा धारण गर्न सक्दैन । फाल्तु नूनलाई पसिना र पेशाबद्वार निष्कासन गर्दछ । तर यसबाट २ प्रतिशत भन्दा बढी नून बाहिर निस्कन सक्दैन । समुद्री पानीमा ३.५ प्रतिशत नून रहन्छ । यसबाहेक १०० सीसी पानी पिएर १७५ सीसी (क्युबीक सेन्टिमीटर) पानी विसर्जन गर्नु पर्छ, जुन असम्भव कुरा हो ।