हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, नौघरेमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७, तेह्रसाल चोकका ४५ वर्षीय उपेन्द्र देवकोटा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बेलुका खाना खाई सुतेकोमा मंगलबार बिहान ६ बजेको समयमा देवकोटा अचेत अवस्थामा फेला परेका थिए । देवकोटालाई उपचारका लागि भरतपुर सरकारी हस्पिटल लगिएकोमा उपचारको क्रममा बिहान ७ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।