अवस्था यो देशको डामाडोल छ ।
जीवन सबैको भद्रगोल छ ।
जति काम गर्न खोजे पनि यहाँ
विकासको अवस्था गन्जागोल छ ।
ईष्र्याविहिन स्वच्छ भावना खोज्दै छु ।
खुशी हुने जीवनको धारणा खोज्दै छु ।
जतिपटक हृदयलाई चोटहरुले हिर्काए पनि
आफै भित्र रमाउने चाहना खोज्दै छु ।
आमाबुवालाई पूजा गर्न सके घर नै चार धाम बन्न सक्छ ।
असल काम गरे रावण पनि राम बन्न सक्छ ।
आमाबाको आशीर्वाद जीवनभर पाएपछि नै हो
जटिल मानिएका हरेक काम बन्न सक्छ ।।