भूमिका– प्रायः प्रत्येक पूजा, अनुष्ठान व भजनकीत्र्तन सकिए पछि, देवताको अर्चना गरेपछि वा सज्मानीत पाहुना सन्तहरुलाई स्वागत गर्दा ‘आरती’ गरिन्छ । यसको साथमा सधै घण्टानाद संगीत गायन वा वाद्यवादन गरेको हुन्छ, ताली बजाइन्छ ।
आरतीको प्रक्रिया– पूजाविधिका षोड्षउपचार (सोह् खुड्किलाहरु) को यो एउटा धाप हो । मङ्गल निराजनम अर्थात महत्वपूर्ण प्रकाश मानिएको दीपक बालेर त्यसलाई दाहिने हातबाट ज्योतिसलाई भगवानको पुरै शरीर र प्रत्येक अङ्गप्रत्यङ्गलाई उज्यालो पार्दै घडीको सुल्टो गतिमा घुमाईन्छ । साथैमा मुखबाट जोड्ने वा मनमनै कुनै मत्र वा प्रार्थनाको उच्चारण गरिन्छ । यसबेला ईश्वरकोदिव्य रुप प्रतिमामा तीव्रताले अनुभव हुन्छ । आरतीको अन्तमा आफ्ना हत्केला ज्योतिको माथि राखेर त्यो हात विस्तारै नम्रतापूर्वक आफ्ना आँखा र टाउको शीर्षक मा राखिन्छ । यो विधिलाई भक्तहरुले सानैदेखि हेर्दै र गर्दैआएका छन् ।
आरती किन गरिन्छ ? भगवान को प्रतिमा वा मूर्तिलाई सजाएर फल–मीष्ठान्न चढाएर, अभिषेक इत्यादि गरेर प्रेमपूूर्वक ईश्वरको समग्र गरिमा अनुभव गछौं । भगवानका प्रत्येक अङग प्रकाशित भएर आरतीको उज्यालो हाम्रो मन त्यस त्यस भागमा एकाग्र हुन्छ । यो मूक ध्यान हँ हो ईश्वर को सौदर्थ को भजन गाउने ताली उढ्काउने, घण्ट बजाउने जस्तो सांगितिक क्रियाकलापहरु भगवान को स्वर्गीय दर्शन को आनन्द र मङगलमय अभिव्यक्ति नै हो ।
आरती मा कपुरको महत्वः धेरैजसो आरती कपुर को प्रयोग हुन्छ । कपुर आफू जलेपछि पछाडी आफ्नो कुनै बाँकी अंश छोड्दैन । कपुरले हाम्रा भित्री वासना–इच्छाहरुको प्रतिनिधित्व गर्दछ । ज्ञानको अग्निले सत्य परेश्वर लाई प्रकाशित पारेपछि अर्तप्त वासनाह्र जलेर नष्ट हुन्छन् र पछि आफ्नो अहंकार पनि बच्दैन जुन परमात्मा सङ्गको मिलानमा बाधा हुन्छ । परमात्माबाट आत्मालाई टाढा राख्ने हाम्रो व्यक्तिगत अहम् नै हो । भनाई छ , “प्रेम गली अति सांकारी, तामे दौउ ना समाई, जब मै हु तब नू (भगवान) नाही, जब तुहै तब मै नाही ।। कपुर बल्दा अरुलाई सुवास छरिन्छ । कर्पुर पावकस्पृष्टः सौरभं लभते इतराम ।” यस्तै हाम्रो आध्यात्मिक उन्नतिमा हामी जसरी गुरु र समाजको सेवा गर्दै जान्छौं, आफूलाई त्याग र बलिदान सर्वस्व गर्नु पर्दछ । जसले गर्दा अरुहरुले मायाको सुवास पाऊन ।
आरतीके भित्री अर्थ– आरतीको अन्तमा आँखा बन्द चिम्लिन्छ । अर्थात परमेश्वर हाम्रो भीत्रै छ । हामी मन्दिर नै हौ र भीत्रमा दिव्यता विद्यमान छ । हातबाट स्पर्शगर्नुको अर्थ हो , मेरो दउष्टि मङगल र विचार सुन्दर होस् । आरतीको दार्शनिक अर्थ अझै अगाडी जान्छ । सूर्य, चन्द्रमा, ताराहरु, चत्याङ्ग र आगो सबै प्रकाशका प्राकृतिक स्रोत हुन । मेङ्गेलदीप बाल्नुको अर्थ हो सबै घटनाहरु र अस्तित्व लाई पछाडिबाट प्रकाशित पार्ने एउटै अदृश्य परज्यो ईश्वरीया सत्ता हुन्छ । हाम्रो ध्यान त्यस चरम ज्ञान र जीवनको अन्तिम-मूल स्रोत तर्फ देखिन्छ । यस्तै सूर्य बुद्धि र चन्द्रमा मन र आगो वाणीका प्रतिक हुन । हाम्रो विचार गर्नु अनुभव गर्नु र बोल्नु त्यस चरमसत्ता विना सम्भव हुन्दैन । जसले यस चर–अचर सृष्टिलाई आलोकितं (प्रकाशित) गर्दछ । उसलाई यो मर्यादित सानो प्रकाशले के प्रकशित गर्ला ? यसैले आरती गर्दा यो मन्त्रको उच्चरण गरिन्छ ।
‘न तत्र सूर्याे भाति न चन्द्र तारकम्
ने मा विधुतो भान्ति कुतो द्रयमाग्निः ।
तमेव भान्तमनुभाति सर्वम,
तस्य भासा सर्वमिह विभाति ।’