भूमिकाःजुनसुकै वस्तुलाई जलाएर बनेको खरानीलाई पवित्र मानिन्दैन । पवित्र खरानीलाई ‘भष्म’भनिन्छ । पूजा वा अनुष्ठानमा कुनै देवताको अर्चना स्वरुप प्रयोगमा ल्याएको काठ,जसमा विशेष औषधीय गुण हुन्छ,वेदिमा आहुति दिएपछि होम—अग्नि मा बालेर अवशिष्ट खरानी नै हो भष्म । देवताको पूजामा खरानीको अभिषेक (स्नान) गराएर पाएको खरानीलाई भष्म भनेर वितरण गरिन्छ ।
सामान्यतःभष्मलाई निधारमा लगाइन्छ । कसैले शरीरका पाखुरा,छाति जस्ता अन्य अङ्गहरुमा लगाउन्छन् । कोहीकोही साधु सन्यासीहरुले पूरै जीउभरि दल्छन् । अनि एउटा चिमटीभरि लिएर सन्मान जनाउँछन् ।
भष्म किन लगाइन्छ ? ‘भष्म’को अर्थ हो, ‘भ’भन्नाले भत्र्समान वा नष्ट हुने स्वभावको र ‘ष्म’को मतलब हो—स्मरणम् अर्थोत याद गर्नु अर्थोत ‘जसले हाम्रा पापहरुलाई नाश गरेर भगवानलाई स्मरण गराउन्छ । यसरी,भष्म लगाउनुको मतलब हो पापकर्म या नराम्रा कामहरु छोडेर ईश्वर तर्फ लाग्ने । नाश हुने सांसारिक जड पदार्थ बिर्सेर अविनाशी परमतत्वको बाटोमा हिँड्ने ।
भष्मको अर्थहरुः— भष्मलाई ‘विभूति’ पनि भनिन्छ जसको अर्थ हो गौरव वा ‘महिमा’ । जसले भष्म धारण गर्दछ उसको गौरव वा महत्व बढ्दछ । ‘रक्षा’ भन्नाले जुन सुरक्षाको स्रोत हो । कारण त्यसले धारणकर्ता लाई अस्वस्थता वा रोगबाट बचाउँछ । घ्यूको साथमा औषधीय वनस्पति र काठ जलाएर भष्म बनेको हुनाले त्यसमा कतिपय रोगनिवारक भेषज गुणहरु हुन्छन् । पानीको साथमा कतिपयले सेवन गर्छन् । आयुर्वेदको सुवर्ण भष्म,मौक्तिक वा शङ्ख भष्म जस्तो भष्महरु असाध्य रोगहरुमा वैधहरुले उपचार गर्दछन् । भष्मले बढेको ओसिलोपन हटाएर चिसो र टाउको दुखाई निको पार्दछ ।
भष्मको मानसिक प्रभावः— यसको अग्निमा घ्यू,वनस्पतिहरु र मन्त्रहरुको उद्घोषको साथमा होम हवन गरिन्छ । यसको अर्थ हो ज्ञान र निस्वार्थ कर्महरुको आगोमा(अग्निशिखामा) अहंकार र स्वार्थी ईच्छाहरुलाई होमी दिनु,नष्ट गरिदिनु । बचेको खरानी यस्ता कर्महरुबाट शुद्ध भएको मनलाई बुझिन्छ । अज्ञान र जड्तालाई काठजस्तो देखिन्छ । खरानी (भष्म) धारण गर्नु भनेको यस नश्वर शरीरको साथमा जोडेको झुटो सम्बन्ध र आकर्षण त्यागेर जन्म र मृत्युको सिमितताबाट छुट्ने । यो देह जीवनको अन्तमा खरानीमै हुनेछ । यसको सम्झना भष्मले गराइदिन्छ । यसैले यसको सङ्ग धेरै माया राख्नु हुँदैन । मृत्यु जुनसुकै समय आउन सक्छ यसको सजगता सधै मनमा रह्यो भने मान्छे समयको पूरा सदुपयोग गर्छ,कुनै नराम्रो वा पाप कर्मबाट आफूलाई टाढा राख्छ । समय र लहर कसैको लागि पखन्दैन यसको स्मरण रहन्छ ।
‘गृहित इव काशेषु धर्मम् आचरेत ।’
शिवजीको भष्मःखासगरि भगवान् शिवजीलाई भष्म धारण गर्ने देवता मानिन्छ । शिवजीका भक्त शैव र तान्त्रिकहरुले ‘त्रिपुण्ड’ तीन धर्का जस्तो टीका निधार,छाति वा अन्य ठाउँमा लगाउँन्छन् बीचमा रातो बिन्दुले शिव—शक्ति अर्थोत उर्जा र पदार्थको एकता-मिलन लाई बुझाउँछ जसलाई दृश्य अदृश्य,चर—अचर सृष्टि निर्माण भएको छ । काठ बालेर बनेको खरानी कुहिन्दैन यसरी नै परमतत्व परमेश्वर ‘सत्यम् शिवम् सुन्दरम्’ अविनाशी सत्ता हो ।
भष्म लगाउँदा भन्ने मन्त्रः— उपनिषद्मा भष्म धारणको मन्त्र बनाएको छ ।
र्यम्बकं यजामहे सुगन्धी पुष्टिवर्धनम् । उर्वारुकमीव बन्धनात् मृत्योर्मुक्षीय मा अमृतत् ।।