जीवन अस्ताउँदो घामझैँ हुँदा
बिहान सूर्यको
पहिलो किरण स्पर्श गर्दै
नयाँ जीवन जीउने कोसिस
बिर्सेर विगतका कुरा
अँध्यारो कोठाबाट
उज्यालो संसार पुग्ने कोसिस
मुसुक्क हाँस्दै
समय र परिस्थितिसँग
जुध्ने कोसिस
उज्यालो अनुहार
खुसी र सन्तुष्टले भरिपूर्ण
मनको सानो संसार
काधमा अनेकौँ जिम्मेवारी बोकी
संसारको मोह मायामा बाँधिएर
भुल्चुक माफ गर्दै
आफ्नो गल्ती आफैँ स्वीकारी
दुःख र पीडा पर सारी
खुशी राखी मनेको भकारी
सबैको भलो चिताउने कोसिस
देखेका ती अनगिन्ती सपना
आँखामा नियाली
स्पर्श गर्दै विचित्र प्रकृतिलाई
रोजी त्यो कालो छायाँ
आफैँसँग रिसिँदै
सपना साकार बनाउनु
दृढ सङ्कल्प लिने कोसिस
समाजको विकृति र
विसङ्गतिको कालो बादलसँग
कलमद्वारा लड्ने
मेरो सानो कोसिस