यो समिक्षा होइन, यो पाठक प्रतिक्रिया मात्र हो । समीक्षा लेख्न प्राविधिक कुराहरु पूरा गर्नुपर्ने हुन्छ । मुना अर्याल अपरिचित व्यक्ति होइन नेपाली साहित्यमा । उहाँ सर्वत्र सुपरिचित हुनुहुन्छ । त्यसो त उहाँ आँचल साहित्य कला पुञ्ज जस्तो नारी साहित्यिक संस्थाकी पूर्वअध्यक्ष र मातृभूमि साहित्य समाजकी वरिष्ठ सल्लाहकार पनि हुनुहुन्छ ।

साहित्य सङ्गम मकवानपुरको एक साहित्यिक कार्यक्रममा महाकाव्यकार मुना अर्यालले छन्दमा लेखिएको आत्म सलिल महाकाव्य स्नेहपूर्वक दिनुभएको थियो । केही दिन मेरो निजी पुस्तकालयमा रह्यो । लकडाउनको समयलाई पूर्ण सदुपयोग गरियो ।

देवराज खरेल

पूर्वीय आध्यात्मिक महानग्रन्थ महाभारतको पूर्ण ज्ञान छ मुनाजीलाई । महाभारतका पात्रहरु, महाभारतको युद्ध र महाभारतको उच्च आदर्शको पूर्ण ज्ञाता हुनुहुन्छ । यसअघि महाभारत सम्बन्धी कृति प्रकाशन गरिसक्नु भएकी उहाँ कुशल शिक्षिका पनि हो । विद्यालयमा मैनवत्ति झैं आपूm बलेर भाईबहिनीहरुलाई शिक्षाको उज्यालो प्रकाश छर्नु भएको छ । उर्जामय जीवन शिक्षामा खर्चेर छ दशक पार गरेपछि साहित्य सिर्जनामा लाग्नु भएको छ । यहाँको पारिवारिक पृष्ठभूमि मलाई त्यतिसारो थाहा छैन ।

हिलोमा पनि कमल फुल्छ भन्नेकुरा हामीलाई थाहा छ । ढुंगाको कापबाट पनि पिपल उम्रन सक्छ भन्नेकुरा थाहा छ । प्रतिभा जहिल्यै जुनसुकै परिवेश परिस्थितिमा पनि फुर्छ भन्नेकुराको ज्वलन्त उदाहरण हो यो आत्म सलिल महाकाव्य । छन्दमा कलम चलाउन त्यति सजिलो छैन विविध प्राविधिक कुराहरु छन् । भाषाको पर्याप्त ज्ञान हुनु तत्सम्बन्धी विषय वस्तुको जानकारी हुनु ‘गण’ को पूर्णज्ञान हुनु व्यापक अध्ययन हुनु त्यतिकै आवश्यकता पर्छ ।

भनिन्छ साहित्य आत्माको कला हो । समाजको ऐना हो । मुनाजीको आत्मा साधना, दृढ सङ्कल्प, कला चिन्तन र भावनाको प्रकटन हो । अध्ययन र अनुभूतिले आपूmलाई घोलेर रंग्याउनु भएको छ, आत्म सलिल, महाकाव्यलाई सिर्जनामा सर्जकको प्रतिभा अनुभूतिजन्य, गाम्भीर्यता, व्यापकता, वौद्धिकताको सम्मिश्रण पाइन्छ ।

बजारमा भन्ने गरिन्छ साहित्य अनुत्पादक कुरा हो । तर म भन्छु यो त उज्यालो यात्रा हो । बिना लेनदेनको, बिना नाफाघाटाको त्याग हो, तपस्या हो । अनुष्ठान हो जीवनको ।

मेरो विचारमा आत्मामा विकार छ भने सिर्जना जन्मँदैन । निस्पृह आत्माले नै साहित्य सिर्जना हुन्छ । यो यात्रामा सर्वत्र उज्यालो मात्र पाइन्छ । त्यो उज्यालोले मुनाजीलाई पछ्याएको छ । त्यही उज्यालोमा समय बिताउनु भएको छ । समयलाई भरपूर सदुपयोग गर्नुभएको छ । मैले थाहा पाएसम्म उहाँ हटियाको एकान्तमा आफ्नो लेखन अनुष्ठान बनाउनु भएको हो । साहित्य एकनिष्ठ एकान्त साधनामा सफल हुन्छ भने राजनीति भीडभाड एवम् कोलाहलबाट सक्नेले सफलता हासिल गर्छन् । यो हाम्रो अभ्यासले नै देखाइसकेको छ । मैले जाने–बुझेसम्म महाकाव्य महासागरजस्तै गहिराई र आकाश जस्तै फैलाई हुन्छ । विविध कुराहरु चाहिन्छ । सर्जकको परिचय नै सुन्दर कविता हो । व्यापक आकार प्रकारको महाकाव्यिय लक्षण सम्पन्न काव्यग्रन्थलाई महाकाव्य भनिन्छ । महाकाव्यको पूर्वीय एवम् पश्चिमी काव्य सिद्धान्त निर्धारण गरिएको पाइन्छ । पूर्वीय काव्यसिद्धान्तमा सर्गवद्धता, आठसर्गभन्दा बढी हुनु भिन्न भिन्न छन्दको प्रयोग, धीरोदान्त नायक हुनु, सर्गान्तमा छन्द परिवर्तन हुनु, अर्को सर्गको सूचना दिनु, वीर शृंगार र शान्त रसमध्ये एक रस मुख्य हुनु अरु आवश्यकतानुसार रहनु, प्रकृति वर्णन, चन्द्र र सूर्योदय ऋतु समुद्र, पर्वत, युद्ध जलक्रिडा आदिको वर्णन हुनु धर्म, मोक्ष, अर्थ कामको उद्देश्य रहनुलाई महत्व दिएको पाइन्छ । पश्चिमी काव्य सिद्धान्त अनुसार वीर रस, वियोगान्त प्रधान हुनुपर्छ भन्ने धारणा पाइन्छ । वृहत आकार प्रकारको हुनुपर्छ भन्ने धारणा पाइन्छ । वृहत आकार प्रकारको हुनुपर्छ । आफूले भोगेको युगको समाज, संस्कृति स्पष्ट होस् । महाकाव्य भन्ने बित्तिकै रसको उपयोग, भाषाशैली, आकार, प्रकारमा पनि वृहत् हुनुपर्छ । विद्धानहरुले आफ्नो जीवन नै समर्पित गरेको पाइन्छ ।

हाम्रो नेपालमा पनि थुप्रै महाकाव्य प्रकाशित भैसकेका छन् । महाकवि देवकोटाको सुलोचना पनि सर्वत्र रुचाइएको महाकाव्य हो । बेलायतका प्रसिद्ध कवि मिल्टनलाई प्याराडाइज लेख्न ४० वर्ष लागेको भन्ने कुरा पनि हामीलाई थाहा छ । धैर्य गर्न सक्नु पर्दो रहेछ ।

मुनाजीले पनि हटियाको कुनामा गएर सारस्वत साधनामा तपस्या गरेको मलाई पनि जानकारी छ । धेरै ठूलो साधनाले मात्र यो कृति जन्मन सफल भएको हो । छन्दका ज्ञाता विद्धान व्यक्तित्व कविवर नरेन्द्र परासरज्यूको भूमिकाले यो कृतिको थप आकर्षण बनेको छ । समिक्षक घनश्याम घिमिरेले समेत भूमिका लेख्नुभएकोछ । मातृभूमि साहित्य समाजले प्रकाशन सहयोग गरेको छ । महाकाव्यमा १४ वटा छन्द प्रयोग भएका छन् ।

आत्म सलिल महाकाव्य मित्र, तोटक, विद्युन्माला, भुजुङग प्रयात मालिनी, मन्दाकान्ता, वियोगिनी, शार्दूल विक्रिडित, द्रूत विलम्वित, शिखरिणी, वंशस्थ, पञ्चचामर, स्रगधारा विधुन्लेखा छन्द प्रयोग गरिएको छ ।
महाकाव्यमा आञ्चलिकता छ, प्रकृति प्रेम, विछोड वियोग, हर्ष, उन्माद आपूmले आफैलाई प्रेम, एवम् कर्तव्य वोध स्पष्ट पाइन्छ ।

आत्म सलिल भित्र सबै उत्कृष्ट काव्य रचना छन् । एउटा असल मान्छेको जीवननै काव्यकृति हुन पुग्छ । आँसु हाँसो, विछोड, मिलन वियोग सबैको समष्ठिगत रुपनै जीवन हो । दुई किसिमले जीवन चलेको हुन्छ । भोग प्रधान, योग प्रधान, मुनाजीको जीवन योग प्रधान भएर नै उहाँ महाकाव्य जस्तो रचना गर्न सफल हुनु भएको छ । मकवानपुर जिल्लामा छन्दमा लेखिएको यो पहिलो कृति हो । त्यसैले यो अमूल्य साहित्यक सम्पत्ति हो । नेपाली साहित्यमा छन्द विधामा थप ईट्टा अवश्य थपिएको छ । सर्वत्र यो कृतिको सफलताको कामना गर्दछु । सशक्त नारी हस्ताक्षर मुना अर्यालजीको सार्थक जीवनको कामना एवम् वधाई । यो आलेकमय यात्रा अनन्त रहिरहोस् । यो कृति माथि सर्वत्र चिन्तन र चासो हुनेछ । सफलताको अनन्तकामना गर्दछु । मैले माथिनै भनेको छु । यो समीक्षा होइन । पाठक प्रतिक्रिया मात्र हो ।
कृतिको नामः आत्मसलिल, महाकाव्य
प्रकाशनः मातृभूमि साहित्य समाज
मुल्यः ३५०/०० (व्यक्तिगत)
७००/०० (संस्थागत)
पृष्ठ सख्याः २०६
आश्चर्य अर्को कुनै शून्य विश्व
यसैभित्र नाँच्दैछ । संसार विम्व
त्यहीबाट आए त्यही जानुपर्ने
त्यही शून्यतामा फिरी मिल्नु पर्ने

(लेखक खरेल साहित्यिक पत्रिका ‘हाम्रो मातृभूमि’ को प्रकाशक/सम्पादक हुनुहुन्छ ।)