हेटौँडा ः प्रहरीले लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बारा जिल्लाको ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० किलो लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–५, स्थित प्रष्टोकाबाट बेलहियातर्फ जाँदै गरेको भारतीय नम्बर युपी ३२ बीएक्स ४७२६ नम्बरको बोलेरो गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतको उत्तर प्रदेशका ३८ वर्षीय धर्मेन्द्र गुप्ता, ३२ वर्षीय चन्द्रभान कुशवाह र ३२ वर्षीय चन्द्रभान श्रीवास्तवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।