भूमिकाः- हामीलाई सानैदेखि सिकाएको हुन्छ कि कागज,किताब वा अरु मान्छेलाई खुट्टाले स्पर्श गर्नुहुदैँन । यदि असावधानीवश वा अचानक कागज,किताब,संगीतका बाजा या यस्तै शैक्षिक महत्वका कुराहरुको स्पर्श भएको भए बच्चाहरुलाई त्यस वस्तुलाई सम्मानजन तरिकाले हातले छुएर क्षमायाचनाको चिन्हस्वरुप पछि त्यो हात आफ्नो आँखामा स्पर्श गर्नको लागी भनिन्छ ।
किन खुट्टाले छुनु हुँदैन ? हाम्रो संस्कृति वा परम्परामा ज्ञानलाई पवित्र र दैवी मानिन्छ । त्यसैले त्यसलाई सदैव आदरसम्मान गर्नुपर्दछ । आजकाल हामीले वस्तुहरुलाई पवित्र र निरपेक्षमा छुट्याएका छौँ । तर प्राचीन समयमा प्रत्येक जिनिस/वस्तु- शैक्षिक वा आध्यात्मिक- लाई दैवीय मानिन्थ्यो र गुरुकुलमा गुरुद्धारा पढाइ हुन्थ्यो ।
शैक्षणिक साधन सामाग्रीको माथि पाइला नराख्नेको रिवाजले सधैँ स्मरण गराउँछ कि ज्ञानप्राप्ति हाम्रो परम्परामा सर्बश्रेष्ठ स्थान दिएको छ १ भनाइ पनि छ -‘नहि ज्ञानेन सहश्यं पवित्रं इह विद्यते ।’ अर्थोत ज्ञान जस्तो पवित्र यस धर्तीमा केही पनि छैन । ज्ञान प्राप्ति गराएर अज्ञानको अन्धकारबाट आँखा खोलिदिने गुरुलाई नमन गर्नुपर्दछ – ‘ अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः।।’
प्रारम्भिक उमेर देखि नै किताब र ज्ञानको लागि यस्तो गहिरो श्रद्धाभावको थालनी हामीमा भएको हुन्छ । यसैकारण हामी किताब,ग्रन्थहरु,यन्त्रमेशीन र औजार साधनहरुलाई वर्षमा एकपटक पूजा गर्छु । सरस्वती पूजा,शमीपुजन-शस्त्रपूजन,विश्वकर्मा पूजा जस्ता विशेष दिनहरु यसका उदाहरण छन् । वास्तवमा प्रत्येक दिन पढाइ शुरु गर्दा विद्याकी देवीमा शारदालाई स्मरण गर्दा प्रार्थना गरिन्छः-
सरस्वती नमस्तुभ्यं वरदे कामरुपिणी ।
विद्यारंभं करिष्यामि सिद्धि भवतु मे सदा ।।
अर्थोत हे भगवती सरस्वतीदेवी,
तपाई आर्शिवाद दिने र इच्छा पूति गर्ने छौँ,म मेरेै पढाइ आरम्भ गर्नु पहिला तपाई अगाडि नमन गर्दछु । तपाई सधैँ मेरै कामना पूर्ण गर्नुहोस् ।
मान्छेहरुलाई किन खुट्टाले छुनुहुदैँन ? बच्चाहरुलाई अरुलाई आफ्नो खुट्टाले छुनुहुँदैन भनि अर्ति उपदेश हुन्छ । ठूलाहरुको यस्तो अचानक वा आकस्मिक रुपले भएको भएपनि हामीले त्यस व्यक्तिलाई स्पर्श गरेपछि हाम्रा औँलाहरु हाम्रा आँखालाई छुएर माफियाचनाको भाव व्यक्त गर्दछौँ ।यसमा त्यो व्यक्ति हामी भन्दा उमेरमा सानो भएतापनि तुरुन्तै यस्तो अभिव्यक्ति दिन्छौँ ।
खुट्टाले छुनु क्रियालाई अपराध जस्तो किन मानिन्छ ? मनुष्यलाई विधाताको सर्वोत्तम रचना र सृष्टिको उच्चत्तम अभिव्यक्ति मानिन्छ । सबैभन्दा सुन्दर,सजीव र श्वास लिने छोड्ने मन्दिर वा पूजास्थानको रुपमा चिनिन्छ । त्यसैले अर्कोलाई खुट्टाले छुनु त्यस व्यक्तिमा रहेको दैवी सत्ता,परमात्माको अंशलाई अपमान गरेका जस्तो हुन्छ । यसैकारण तुरुन्तै क्षमायाचना गरेर नम्रतापूर्वक सम्मान प्रदान गर्ने आवश्यकता निर्माण हुन्छ ।
हाम्रा रीतिरिवाज र परम्पराको यथार्थ- यसैप्रकार हाम्रा सनातन,पूर्वकालदेखि चलि आएका रुढि र विश्वासहरुको पछाडि दार्शनिक गहिरो सोचाइ रहेको छ । धेरै साना र सरल देखिने रीतिरिवाजहरुले हाम्रो संस्कृति र सभ्यतालाई याद गराउँछन् ।यस कुराले नै हाम्रो पुरातन सभ्यतालाई जिउँदो राखेको छ । वैदेशिक,आक्रमण र शासकहरुको अत्याचार अमानविकतालाई सहन गरेर पनि आजसम्म आफूलाई टिकाएर राख्न सफल भएको छ । यस महान संस्कृतिलाई शत शत प्रणाम् ।