समयको लामो झरीदेखि नै हाम्रो प्रजातिले जीवनको यात्रा गर्दै आएको छ । मानव सभ्यताको विकासले संसार परिवर्तनलाई जन्म दिएको हो । हजारौं काल पहिलादेखि नै मानिसले आफ्ना जीवनशैलीलाई सरल र सहज बनाउने पर्यन्तमा अद्भूत रचनाहरू गर्दै आएको छ । यही बीच जब जीवन सरल हुँदै गयो र समाज विकासको पथमा बढ्दै गयो तब विकसित समाजले नै सुविधा सम्पन्न समाजलाई जन्म दियो । सुविधाको जन्मको माध्यम केवल शिक्षा थियो । शिक्षाले मान्छेमा भएको बुद्धिको सहायताले नयाँ रचनाको माध्यम जन्मायो जसले जीवनलाई सरल बनायो र यसैले सुविधालाई अर्थ पनि दियो । अहिलेको आधुनिक युगमा यसको अर्थ विपरीत भएको देखिन्छ । किनकि अहिले जहाँ सुविधा हुन्छ त्यहाँ मात्र शिक्षाको पहुँच भएको देख्न सक्छौँ । तर वास्तविकता अलि फरक छ जहाँ सुविधा छैन त्यहाँ पनि हामी शिक्षाको पहुँच पुर्याउन सक्छौँ । यसका लागि समाज र देश लगायत सबैले यसमा कार्य गर्नुपर्छ ।
नेपाल एउटा सुन्दर मुलुक भएपनि सम्पन्न राष्ट्र बन्न सकेको छैन । यहाँ सम्पदा भएपनि सुविधा सबै ठाउँमा छैन । आज पनि नेपालका कतिपय मानिस शिक्षाको प्रकाशबाट परिचित हुन सकेका छैनन् । उनीहरूको जीवन अझ अन्धकारमै बितिरहेको छ । सुविधा वञ्चित समूहमा साक्षरताको अभाव हुनु आजको सामान्य समस्या भएको देखिन्छ । अन्धकारमा नै ज्योति बल्ने अवसरले प्रकाश भर्ने कार्यतर्फ लैजान्छ । शिक्षा त मनको ऐना हो र आफ्नो वास्तविकता देख्ने अधिकार सबैलाई हुन्छ । इतिहास हेर्ने हो भने हामी पहिला सुविधा सम्पन्न समाजमा थिएनौँ तर शिक्षा उत्पन्न भएको समाज त्यहाँ उपस्थित थियो । त्यहाँ धन नभए पनि शिक्षा लिने अधिकार र शिक्षा प्रदान गर्ने माध्यम थियो । समय अनुसार शिक्षाको स्वरुप फेरिएको छ । त्यसैले यसको माध्यमको रुपान्तरण गर्न पनि आवश्यक छ । सुविधा वञ्चित समाजमा साक्षरता भर्नका लागि केही बाटो अपनाउनुपर्छ साथै त्यसलाई समाजमा लागू गरेर शिक्षाको पहुँच हरेक ठाउँमा विकास गर्नुपर्छ ।
साक्षरताको विकासको माध्यम स्वयमबाट सुरु हुन्छ । शिक्षाको उत्पत्ति नै व्यक्तिकै सोचले सुरु भएको हो यसको उत्पादनको आधार नै व्यक्तिगत सोच हो । आफूभित्र साक्षर हुनु हो आवश्यकता महसुस गरेर त्यसलाई प्राप्त गर्ने इच्छाशक्ति जागृत गर्नुपर्छ । व्यक्तिको इच्छाशक्ति प्रवल भए कुनै पनि बाधाले उसलाई रोक्न सक्दैन । दृढ इच्छाशक्तिले सुविधा र माध्यम माग्दैन यद्यपि यसले आत्मविश्वास र रुचिको उच्चस्तर मात्रै खोज्छ । मान्छेको मस्तिष्कको सोचाइले नै हामीलाई चन्द्रमामा बस्ती बनाउन प्रेरित गरेको थियो र आज हामी सफल पनि भएका छौं । अर्थात हामी जस्तो सोँचौ त्यस्तै बन्छौं । यो भनाइ गौतम बुद्धको हो । उनका उपदेश वास्तविकतासँग नै जोडिएको छ । यदि व्यक्तिले आफूभित्र शिक्षाको महत्व जागृत गरेर त्यसलाई प्राप्त गर्न खोजे संसारको जति ठूलो बाधाले पनि केही गर्न सक्दैन ।
आफूमात्र शिक्षित भएर शिक्षालाई सीमित बनाउनु उचित हुँदैन त्यसलाई बाँड्नुपर्छ । शिक्षालाई जति बाँडे त्यति नै बढ्दै जान्छ । एक शिक्षकले अनेक विद्यार्थीलाई जन्म दिन्छ । अनेक विद्यार्थी शिक्षक भयो भने सारा समाज शिक्षित हुन्छ । यही मूल कुरा हरेक व्यक्तिले आत्मसात गरेर आफूभित्र शिक्षाको प्रकाश भन्ने प्रयासमा लाग्नुपर्छ । पहिलो माध्यमको सुरुवात आफैबाट हुन्छ । गर्न चाहे संसारमा असम्भव केही छैन भन्ने कुरा हामी सबैले थाहा पाउनुपर्छ र आफू शिक्षित भएर समाजलाई शिक्षित बनाउनुपर्छ । यसरी साक्षरता सुविधा वञ्चित समूहमा फैलिन सक्छ । यसमा व्यक्तिको आफ्नो भूमिका निकै महत्वपूर्ण हुन्छ यदि आफूबाट सुरुवात भएन भने समाजमा कति पनि परिवर्तन आउँदैन ।
शिक्षाको पहुँचमा पहिलो भूमिका व्यक्तिको आफ्नो हुन्छ भने दोस्रो परिवार र समाजको हुन्छ । परिवारका व्यक्तिले शिक्षाको प्रकाश आफ्नो परिवारमा फैलाउनुपर्छ । कसैको उमेरसँग शिक्षाको केही सम्बन्ध हुँदैन त्यसैले जेष्ठ नागरिकलाई पनि शिक्षा प्रदान गर्ने अवसर समाज र परिवारले दिनुपर्छ । समाजले सामूहिक शिक्षाको चलन सुरु गर्नुपर्छ । सुविधा नभएको ठाउँमा शिक्षाको प्रवर्धन गरेर सामूहिकतामा ज्ञान आदानप्रदान गर्ने चलन सुरु गर्नुपर्छ । समाजलाई साक्षरताको महत्व बुझाई हरेकले शिक्षालाई आफ्नो जीवनमा लागू गर्नुपर्छ । समाजमा साक्षरतालाई आधारभूत आवश्यकता अनुभव गर्नुपर्छ । जबसम्म साक्षरतालाई महत्वपूर्ण मानिँदैनन् तबसम्म माध्यमको व्यवस्था हुन सक्दैन । जीवनपर्यन्त सिकाइका लागि आफूभित्र यसको महत्व जान्न र बुझ्न निकै आवश्यक हुन्छ । कुनैपनि सिकाइलाई व्यवहारमा लागू गर्नु जरुरी हुन्छ । सुविधा नभएको समाजमा मानिसमा जागरूकताको कमी हुन्छ त्यसैले उनीहरु शिक्षाको ज्योतिलाई मनमा बसाउन सक्दैनन् । समाजमा गरिबी नामक एउटा समस्याले अझ जरो गाडेको छ ।
सुविधा नभएको ठाउँमा विशेषगरी शिक्षित नहुनुको कारण गरिबी पनि हो । गरिबीको कारणले आफ्ना सन्तानलाई आमाबाबाले पढाउन सक्दैनन् । आज पनि अन्धविश्वासले समाजलाई शिक्षाको प्रकाशबाट टाढा राखेको भेट्न सक्छौं । थुप्रै ग्रामीण क्षेत्रमा अहिले पनि शिक्षालाई आधारभूत आवश्यकता मान्दैनन् त्यसैले शिक्षालाई पनि सुविधायुक्त समाजको भर पर्नुपरेको छ । तसर्थ परिवार र समाजले शिक्षाको महत्व बुझ्नुपर्छ र त्यसलाई जीवनमा लागू गर्न तत्पर हुनुपर्छ । अनि मात्र यसको मध्यमको विकास गर्न सकिन्छ । कुनैपनि कुरा प्राप्त गर्नका लागि त्यसको माग आवश्यक हुन्छ । यदि समाजले साक्षरता माग्यो भने त्यहाँ विकास हुन्छ र माध्यमको व्यवस्थाहरु पनि भेटिन्छ । समाजले आफैँपनि यसको विकासमा लाग्न थाल्छ ।
यदि व्यक्ति व्यक्तिगत रुपले तयार छ, समाज र परिवार पनि उनको कार्यलाई स्वीकार छ भने अब साक्षरताको माध्यम विकास गर्ने काम देशको हुन्छ । सुविधा वञ्चित समाजमा साक्षरताको माध्यमको विकास गर्ने कार्य देशले लिनुपर्छ । सरकारले सुविधा वन्चित समूहमा शिक्षाको दीपक बाल्ने माध्यमको उत्पत्ति गर्नुपर्छ र हरेक ठाउँमा पुर्याउनुपर्छ । यसका लागि सरकारले सर्वप्रथम त सुविधा वन्चित समूहको अवलोकन गरेर यसको अवस्थाबारे जानुपर्छ । यसै अनुसार माध्यमको विकास तर्फ योजना बनाएर कार्य गर्न थाल्नुपर्छ ।
सुविधा वन्चित समाजमा शिक्षा नहुनुको मुख्य कारण त्यहाँ विद्यालय नहुनु हो । पहिलो माध्यम अपनाई विद्यालयको व्यवस्था मिलाउनुपर्छ । विद्यालयको व्यवस्था मिलाएर शिक्षकको पहुँच पुर्याउने साथै शिक्षा आर्जन गर्न उपयुक्त समाग्रीको व्यवस्था मिलाउनुपर्छ । त्यसैगरी यहाँका व्यक्तिलाई शिक्षाको महत्त्वबारे अवगत गराउनुपर्छ र शिक्षित हुनुको फाइदा दर्शाउने कार्यक्रमको आयोजना पनि गर्नुपर्छ । यसका लागि सरकारले सरकारी कर्मचारीलाई खटाउनुपर्छ साथै त्यही समाजका व्यक्तिलाई पनि यसमा समावेश गरेर जानकल्याणमा लगाउनुपर्छ । यसरी समाजका व्यक्तिको समावेश भएमा उनीहरुले शिक्षाको महत्त्वको गहिराईलाई राम्रोसँग नजिकबाट विस्तारपूर्वक बुझ्न सक्छन् अनि जीवनको एउटा भाग बनाउन सक्छन् । यसले उनीहरूको सोचाइमा परिवर्तन ल्याउँछ र एकता कायम पनि गर्छ ।
त्यसैगरी जेष्ठ नागरिकको शिक्षाका लागि पोर्ड शिक्षा जस्ता अस्थायी शिक्षाको व्यवस्था मिलाएर उनीहरुलाई पनि साक्षर बनाउनुपर्छ । नपढेका युवाहरुलाई कृषि लगायत अरू क्षेत्रमा रोजगार उत्पन्न गर्ने साथै भएको रोजगारीलाई लाई प्रवर्धन र विकास गर्ने कार्यक्रमको सुरुवात गर्नुपर्छ र त्यस सम्बन्धी प्रशिक्षण पनि प्रदान गर्नुपर्छ । युवा तथा महिलालाई शिक्षित बनाएर त्यहाँ जागीरको नयाँ माध्यम पनि बन्नसक्छ जसले गरिबी निवारणमा ठुलो भूमिका खेल्न सक्छ । यसैगरी जहाँ गरिबी हुँदैन त्यहाँ शिक्षाको पहुँच पुर्याउन असहज पनि हुँदैन । सुविधा वन्चित समाजका लागि शिक्षा पनि एउटा सुविधा नै हो । अर्थात शिक्षा बाटै त्यहाँ सुविधाको विकास हुँदै जान्छ ।
शिक्षाको विकासले त्यहाँ अरु सुविधाहरूको विकासमा पनि सुधार ल्याउन सक्छ किनकि शिक्षाले मानवको जीवनशैलीलाई पनि परिवर्तन गर्छ । सँगै शिक्षाकै कारण स्वास्थ लगायत अरु क्षेत्रमा विकासका लागि माग पनि हुन थाल्छ । त्यहाँ सुविधाको सम्पूर्ण आधारभूत कुरा पुर्याउन यातायात लगायत सूचना प्रविधिको विकास गर्ने नीति आवश्यक हुन्छ । ठाउँमा सुविधा पुर्याउने माध्यम यातायात र सूचना प्रविधिको विकासमा बढी ध्यान दिनुपर्छ । कुनैपनि ठाउँमा शिक्षाको विकास गर्न त्यहाँ शिक्षित व्यक्तिको आवश्यकता पर्छ । त्यसको व्यवस्था पनि सरकारले मिलाउनुपर्छ । ठाउँठाउँमा व्यावसायिक प्रशिक्षणको व्यवस्था मिलाएर बेरोजगारलाई रोजगारीको माध्यम बताउनुपर्छ । यसले समाजको अन्य समस्यालाई पनि समाधान गर्न सहयोग गर्छ ।
जीवनपर्यन्त सिकाइ जीवनले प्राप्त गर्नुपर्ने र जीवनभर चाहिने सिकाइ हो । जीवनमा सिकाएको शिक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यो त्यस्तो शिक्षा हो जो जीवनको हरेक क्षणमा समस्याको समधान बन्छ । यसले नकारात्मकतालाई परिवर्तन गर्ने कार्य गर्छ र सकारात्मकतालाई जन्म दिन्छ । सुविधाले जीवन सरल बनाउने कार्य गरेपनि जीवनलाई अर्थ दिने कार्य व्यक्ति स्वयंले गर्छ । त्यो पनि शिक्षाको माध्यमले नै । व्यक्तिको आत्मविश्वासलाई बलियो बनाउने कार्य परिवार र समाजले गर्यो भने मानिस मानसिक रूपले आफूलाई साक्षर बनाउने प्रयत्नमा लाग्छ । शिक्षाको आरम्भ त्यहीँबाट हुन्छ । तसर्थ, शिक्षाको महत्वलाई परिवार र समाजले पनि बुझिदिनु पर्छ । त्यसैले सुविधा वन्चित समाजमा त्यहाँको व्यक्तिमा शिक्षा प्राप्त गर्ने चाहना जागृत गर्नुपर्छ । चाहनालाई वास्तविकतामा ल्याउन परिवार र समाजले प्रोत्साहन दिनुपर्छ र सहयोग गर्नुपर्छ । अनि माध्यमको विकास गर्ने कार्य देशले आफ्नो काँधमा लिनुपर्छ ।
सरकारले शिक्षा पुर्याउने माध्यम हरेक ठाउँमा वकास गर्नुपर्छ साथै सुविधाको व्यवस्था पनि मिलाउनुपर्छ । यदि व्यक्ति, परिवार, समाज र देशले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे जति सुकै कठिन ठाउँमा शिक्षाको दिपक जगमगाउन सक्छ । यसरी नै जीवनपर्यन्त सिकाइलाई यथार्थ जीवनमा लागु गर्न सकिन्छ नत्र यो एउटा शब्दमा मात्र सिमित रहन्छ । त्यसैले जीवनपर्यन्त सिकाइ यसरी प्रदान गर्नुपर्छ कि त्यो जीवनभर काम लागोस् । यसको अस्तित्व युगयुगसम्म बाँचिरहोस् । भविष्यमा यसको स्वरुप फेरिए पनि माध्यम परिवर्तन भएपनि शिक्षाको ज्योतिले प्रकाश नै दिनेछ जसले जीवनमा सुन्दर बनाउनेछ ।
अन्त्यमा, राष्ट्रको कर्तव्य हो जनतालाई उनीहरूको अधिकार, सुख र सुविधा दिने । त्यसैले सरकारले हरेक ग्रामीण क्षेत्रमा सुविधा पुर्याउनुपर्छ । अहिलेको समयमा विकासित सहर अझ विकासित हुँदैछ छ भने अविकासित गाउँको जस्ताको त्यस्तै छ । जसको कारण देशको सम्पूर्ण विकास भइरहेको छैन । राष्ट्रले ग्रामीण क्षेत्रमा बढी ध्यान दिएर त्यहाँ विकासको योजना लागु गर्नुपर्छ । सुविधा हरेक ठाउँमा पुर्याउनुपर्छ । सामाजिक विकास गर्नका लागि समाजले पनि आफ्नो गाउँ र आफ्नो ठाउँमा विकासका लागि सरकारको ढोका ढक्ढकाउनु पर्छ । सुविधा पनि त्यस्तो ठाउँमा मात्र पुर्याउन सकिन्छ जहाँ त्यसको माग होस् । त्यसैले हरेक ठाउँमा हरेक व्यक्तिले आफ्नो अधिकारको माग गर्नुपर्छ । शिक्षा सबैको मौलिक हक यो कुरा संविधानमा बताइएको छ र यसको अर्थ हरेक व्यक्तिको मनमा बसेको हुनुपर्छ ।
सरकारले पनि समाजले मागेको माग पूरा गर्नुपर्छ । यदि जनता र सरकारको बीचमा राम्रो सम्बन्ध भए भने कुनै पनि ठाउँमा समस्या रहँदैन । देशले यसरी कार्य गर्नु पर्यो कि कतै पनि भोकले मर्ने अवस्था आउनु हुँदैन । कुनैपनि ठाउँमा कोही पनि अशिक्षित हुनु हुँदैन । गरिबीको कारण व्यक्तिलाई निराशामा नबस्नु नपरोस् । यसका लागि हामी व्यक्ति, समाज र देशले हातेमालो गरेर काम गर्नुपर्छ र शिक्षाको प्रकाश देशको कुना कुनामा पुर्याउनुपर्छ ।
कक्षा १०, नवोदय शिशु सदन