इलिशा पराजुली कक्षा १० नवोदय शिशु सदन

काचो माटोबाट बिस्तारै
आकार हाल्दै आएका
जस्तो आकार दियो कुमालेले
त्यस्तै बनिदिने
घर , टोल , समाजका रौनक
हाँस्दै ,खेल्दै टोल सडकमा उफ्रँदै ,
वरपरको वातावरण रोमाञ्चित बनाउने ,
खुसीको बहार भित्र्याउने,
अन्जान मनहरु

यिनलाई पल्लो घरका काकाले
आफ्नो घरको जमिन मिचे भनेर
न त चिन्ता नै हुन्छ
न यी झगडा नै गर्छन्
बरु पल्लो घरको साथीसँग
खेल्न जान्छु भन्दै
कर गर्दै ,
बाबा र अङ्कल बिचको झगडा
दिदैनन् रहन

वल्लो घरको साथीलाई
मेरो जन्मदिनमा
बोलाउने भन्दै
वरपर घर बिचको सम्बन्ध
यसैगरी बढाउँछन्
आत्मीयतालाई मजबुत पारिदिन्छन्
घर , घर बिचको
अनि त बन्छ
सुसंस्कृत समाज ।।