हेटौँडा ः जिल्ला अदालत बार एशोसिएसन मकवानपुरको अध्यक्षमा उत्तम कुमार बस्नेत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको जिल्ला अदालत बार एशोसिएसन मकवानपुरको निर्वाचनमा अर्का आकांक्षी जयराम सुवेदीलाई १ मतले हराउँदै बस्नेत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
बस्नेतले १६ प्राप्त गर्दै विजयी हुनुहुँदा अर्का आकांक्षी सुवेदीले १५ मत प्राप्त गर्दै पराजित हुनुप¥यो । उपाध्यक्ष शान्ति मुक्तानले १७ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी कृष्णप्रसाद छतकुलीले १४ मत प्राप्त गर्दै पराजित हुनुपरेको छ । सचिवमा राधाकृष्ण मैनाली (आरके) लाई पराजित गर्दै रमिता चौलागाईं निर्वाचित हुनुभएको छ । मैनालीले १४ मत प्राप्त गर्दै पराजित हुनुहुँदा चौलागाईंले १७ मत प्राप्त गर्दै विजयी हुनुभयो । कोषाध्यक्षमा बद्री पण्डितलाई ४ मतले हराउँदै रामशरण लामिछाने निर्वाचित हुनुभएको हो । लामिछाने १७ मत प्राप्त गर्दा पण्डितले १३ मत मात्रै प्राप्त गर्नुभयो ।
यस्तै, निर्वाचनले ८ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा विरेन्द्र प्रसाद ढुङ्गाना, भोगेन्द्र लुइंटेल, पंकज अधिकारी, देवप्रसाद ढकाल, लक्ष्मी शर्मा, गीता सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । अज्मीर केसी र ऋषि केवी सर्वसम्मत केन्द्रीय पार्षद् चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने छ । निर्वाचनमा कूल ३२ जनाले मतदान गरेकोमा ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।