हेटौँडा : हेटौँडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने भएको छ । बुधबार एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाई कार्यक्रममा वडाका अध्यक्ष उद्धव सत्यालले परीक्षामा सहभागीलाई उत्प्रेरणा स्वरुप २५ हजार रुपैयाँ दिने बताउनुभएको हो ।

हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयबाट ३३ र राजदेवी माध्यमिक विद्यालयबाट २१ गरी ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती विद्यार्थीलाई उत्प्रेरणा स्वरुप वडाध्यक्षले नगद दिने उद्घोष गर्नुभएको बालबोध माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक छवि सुवेदीले जानकारी दिनुभयो ।