हेटौँडा : हेटौँडा हुँदै बीरगन्ज जाँदै गरेकी मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ५० वर्षीया सुशीला गोले लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेकी छिन् । बारा प्रहरीले विशेष सूचनाको आधारमा बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा १३ किलो गाँजासहित सुशीलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ना ८ ख ६०६१ नम्बरको यात्रुवाहक माईक्रोलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा माईक्रोमा सवार सुशीलाको साथबाट गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले कानुन बमोजिम कारवाही तथा थप अनुसन्धान गरिरहेको जनाएको छ ।