हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटको समयमा आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इन्द्रलाल घाइते भएका थिए ।

घाइते इन्द्रलाललाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । बिहीबार साँझ साढे ७ बजेको समयमा उपचारको क्रममा इन्द्रलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।