हेटौँडा : हेटौँडा–४, शितलमहलचोकमा बिहीबार साँझ भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको नेपाली सेनाले जनाएको छ । एउटा बोरामा प्रेसर कुकर भेटिएपछि शंकास्पद वस्तु भएको अनुमान गरिएको थियो ।
नेपाली सेनाको विष्फोटक पदार्थ डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गरेको र उक्त कुकरमा कुनै किसिमको विष्फोटक पदार्थ नभेटिएको सेनाले जनाएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ । शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि त्यस क्षेत्रमा केही समय त्रासपूर्ण बनेको थियो ।