हेटौँडा ः हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवसको अवसर बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । सहकारीका प्रबन्धक रामशरण गौतमले ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम सुरुवात गरिएको थियो ।
सहकारीले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, बालबचतकर्ताहरुको वनभोज, आश्रममा सहयोग हस्तान्तरण लगायतको कार्यक्रम गर्दै आईरहेको छ । यस वर्षको स्थापना दिवसको अवसरमा पुस ८ गते ॐ बृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरेको थियो भने पुस ९ गते सञ्चालक, उपसमिति तथा कर्मचारी बीच अन्तरक्रिया तथा पुस १० गते बालबालिकाहरुका लागि पिकनिकसहित अतिरिक्त क्रियाकलाप गरिएको थियो । स्थापना दिवस पुस १३ गते सहकारी परिसरमा दीप प्रज्जवलन गरी मनाइने बताइएको छ ।