हेटौँडा ः मंगलबार साँझ ७ बजेर ३० मिनेटेको समयमा स्कुटर दुर्घटनामा परी घाइते भएका हेटौँडा–१२, पदमपोखरीका ४५ वर्षीय सहदेव सिकारीको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान १० बजेर ४५ मिनेटको समयमा सिकारीको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

हेटौँडा बजारबाट पदमपोखरीतर्फ जाने क्रममा बा प्र ०३–००५ प ८५९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहदेव सिकारी घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर गम्भीर घाईते भएका सिकारीलाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात मंगलबार राती साढे ८ बजेको समयमा थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज रेफर गरिएको थियो ।