हेटौँडाः हेटौँडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रमरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ ।