रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको संयुक्त आयोजनामा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१०, टिसिएनरोडस्थित सिटिजन लाइफ इन्स्योरेन्सको शाखा कार्यालय परिसरमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेको भन्ने समाचार आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत एवम् बागमती प्रदेश प्रमुख शिव कार्कीले जानकारी दिनुभयो ।

यसअघि हेटौँडा–११ स्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यालय परिसरमै शनिबार आयोजना गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । यसैबीच भोलि मंगलबार पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ६८ औं सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।