हेटौँडा : दोलखा जिल्लाको मेलुङ गाउँपालिका–५, नियासीपाखर्कमा खेतको डिलबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय बीरबहादुर बिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा बीरबहादुर झाक्रीगाउँबाट घर आउने क्रममा अन्दाजी ४ फिट अग्लो खेतको डिलबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।