सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–१, डिपार्टमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४४ वर्षीय कुमार अधिकारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार राती १० बजेको समयमा अधिकारी आफ्नै कोठामा भुइमा लडिरहेको अवस्थामा मृत फेला परेका थिए । अनुसन्धानका क्रममा मृतक अधिकारीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।