हेटौँडाः हेटौँडा–६, कल्याणटारका २८ वर्षीय उद्धव राईको घरमै लडेर मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ५० मिनेटको समयमा शौचालयबाट बाहिर निस्कने क्रममा लडेर राई बेहोस भएका थिए । राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा राईको मंगलबार साँझ ६ बजेर ३० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।