हेटौँडाः नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ । एमालेले भक्तपुरका किरण थापा, काठमाडौंका प्रकाश श्रेष्ठ, ललितपुरका प्रेमभक्त महर्जन, सिन्धुलीकी सुकमाया तामाङ, चितवनका कृष्ण प्रसाद सिलवाल र काठमाडौंका अमन कुमार मास्केको नाम टुंग्याएको हो । उनीहरुको मन्त्रालय भने टुंग्याइएको छैन ।
एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएको छ । एमालेबाट प्रकाश श्रेष्ठ बाहेक सबै प्रदेश सरकारमा पहिलो पटक मन्त्री बन्न लागेका हुन् । सिन्धुलीकी सुकमाया बाहेक अरु ५ जना प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।