हेटौँडाः एमाले र कांग्रेस बीच बागमती प्रदेश सरकारमा मन्त्रालयको भागबण्डामा सहमति भएको छ । एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय लिनेगरी सहमति भएको हो ।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएको छ । यस्तै कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले जानकारी दिनुभएको छ ।