हेटौँडाः हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदनमा स्काउट ट्रुपको नेतृत्व चयन भएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच ६ वटा पेट्रोलको लिडर, सहायक पेट्रोल लिडर र २ जना ट्रुप लिडरको चयन भएको हो ।
महिलातर्फ ट्रुप लिडरमा आशिका ढकाल, फ्लेमिङ्गो पेट्रोल लिडरमा आन्या महर्जन र सहायकमा कृष्टिना थापा मगर चयन हुनुभएको छ । यस्तै सुगा पेट्रोल लिडरमा शिक्षा लामा र सहायकमा कृपा पाठक, स्प्यारो पेट्रोलमा अनुका मगर र सहायकमा ग्रीष्मा दाहाल, डाँफे पेट्रोल लिडरमा सीमा ढकाल र सहायकमा सुनामी घिसिङ्ग चयन हुनुभएको छ । यसैगरी व्याय ट्रुपतर्फ लिडरमा आदित्य पराजुली सिंह, पेट्रोलको लिडरमा मनिष साह र सहायकमा श्रीष शर्मा, उल्फ पेट्रोल लिडरमा अग्रिम पाठक र सहायकमा अनुपम मिश्र चयन हुनुभएको छ ।
नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट समिति हेटौँडा उपमहानगरपालिका भित्र संचालनमा रहेको सिद्धार्थ सदनमा पनि नेतृत्व चयन गरेको हो । कार्यक्रममा स्थानीय स्काउट कार्यालय हेटौँडाका प्रमुख आयुक्त अनिल आचार्य, विद्यालयका सहायक प्रधानाध्यापक केदार न्यौपाने र शिक्षिका कल्पना अधिकारीको उपस्थिति रहेको थियो ।