हेटौँडा : हेटौँडामा राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । यही चैत ७ गतेदेखि ९ गतेसम्म दोस्रो संस्करणको अन्तर नगरपालिका हेटौँडा कप राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको हो । मकवानपुर जिल्ला हक्की संघको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिता आयोजनाका लागि हेटौँडाको हुप्रचौरमा मैदानको संरचना निर्माणको कार्य गरिरहेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहप्रयोजकका रुपमा हेटौँडा–१० स्थित तुल्सीमेहर बोर्डिङ र नारायणी कलेज रहने छ । प्रतियोगिता ५ ए साइटमा सञ्चालन हुने बताइएको छ । मकवानपुर जिल्लामा हक्की खेललाई अगाडि बढाउने, हक्कीप्रतिको रुचि विकास गर्ने र खेलको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने बताइएको छ । गत वर्ष सम्पन्न भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।