कोशिका सापकोटा कक्षा–५, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२

पुस्तक समीक्षा

मैले पढेको पुस्तकको शीर्षक हो राजकुमारीको सपना । त्यस पुस्तकका लेखक सजनी नौबाजे हुनुहुन्छ । यो पुस्तक कथा विधाको पुस्तक हो । यस पुस्तकको प्रकाशक कथालय हो । यो पुस्तक २०७५ वैशाखमा छापिएको हो । र यो पहिलो संस्करण पनि हो । यस किताबमा जम्मा २८ वटा पानाहरू रहेका छन् । यस पुस्तकको आईएसबिएन नम्बर ९७८ ९९३७ ७०९ ०९ ५ रहेको छ । यसको मूल्य रु १३० रहेको छ ।

यस पुस्तकले दुईजना साथीको मित्रताबारे बताउन खोजेको छ । यो पुस्तक एउटै मात्र मूल शीर्षक भएको पुस्तक हो । यस पुस्तकमा दुई जना साथी लाटोको सेरो र हात्ती रहेका छन् लाटो कोसेरो र हात्तीको मित्रता र उनीहरूको बुद्धिको बारेमा लेखिएको छ । यस पुस्तकको गातामा हात्ती र पछाडिपट्टि राक्षसहरू हतौडा लिएर बसिरहेको चित्र बनाइएको छ । यस पुस्तक आकारको हिसाबले लामो र मोटो छ ।

पुस्तकमा लेखिएका शब्दहरू पढ्न सजिला छन् र सबै शब्दको अर्थ बुझिने खालको छ यस पुस्तकले हामीले काम गर्दै जाँदा बुद्धिको प्रयोग गर्नुपर्छ भन्न खोजेको छ । दुई जनावर बीचको असली मित्रताको चर्चा यस पुस्तकमा रमाइलो तरिकाले बताइएको छ । यो पुस्तक पढ्दा हात्ती र लाटोकोसेरो पनि मित्रता हुन्छ र भन्ने कुरामा रमाइलो लाग्यो । राक्षसको कब्जामा परेको हात्तीले आफ्नो बुद्धि प्रयोग गरेर कब्जाबाट बाहिरिनका लागिका लागि बुद्धिको प्रयोग गरेको देखाइएको छ । हात्तीले गरेको बहाना र लाटोकोसेरोले छाती फुलाएर देखाएको घमण्ड यो कथामा मलाई सबैभन्दा महत्वपूर्ण लाग्यो ।

मलाई यो पुस्तक राम्रो लाग्यो किनकि यस पुस्तकले मित्रता हुनका लागि कुनै पनि अवस्थाले छेक्दैन, जस्तोसुकै अवस्थामा पनि एकअर्कामा गहिरो मित्रता बनाउन सकिन्छ, जस्तै कि ठूलो जनावर हात्ती र दिउँसोमा आँखा नदेख्ने लाटोकोसेरो बीचको मित्रता राम्रो उदाहरण हो । यस पुस्तकले कहिँ कतै राक्षसहरुले देखाएको डरलाग्दा घटनाहरुलाई पनि देखाएको छ । यसले भने मलाई अलिक डर पनि लाग्यो । मैले यो पुस्तक पढ्दै गर्दा यसमा सच्याउनुपर्ने केही देखिन । म यो पुस्तक मेरो कक्षामा साथी साथीबीच झगडा गर्ने ती झगडालु साथीहरुलाई पढ भनेर सुझाव दिन्छु ।

यो पुस्तक पढेर हामीले मेलमिलाप गर्नुपर्छ । एकअर्कालाई सहयोग गर्नुपर्छ । साथी जस्तोसुकै होस् उसलाई सम्मान गर्नुपर्छ । भन्ने कुरा सिके यो पुस्तक पढ्नै पर्ने पुस्तक रहेछ मलाई यस पुस्तकमा लेखिएका हरेक पानाले निकै रमाइलो बनायो ।