एक्काइसौ शताव्दीले सुचना प्रविधिलाई विकसित वनाएको छभन्दा दुइमत नहोला । सुचना प्रविधिको विकास सँगै इन्टरनेट, इमेल वल्डवाइड वेवको व्यापकता वढेको छ । नेपालमा पनि इन्टरनेटको प्रयोग गर्ने जनसख्या १८ प्रतिशत भन्दा माथि पुगिसकेको छ । आगामी दिनहरुमा यसको प्रयोग वढ्दै गएको छ । वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ । आउने केही दशक भित्रै संसारको जनसख्या भन्दा दुई तीन गुणा वढी प्रयोगकर्ता, जनसख्या इन्टरनेटमा देखा पर्नेछ । वास्तवमा वदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रुपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सवैलाई उपलव्ध छ र सर्वहितमा छ । इन्टरनेटको माध्यमद्धारा कम्प्युटर वा मोवाइलमा इन्टरनेटको प्रयोग गरी आफुले प्राप्त गरेका सिर्जना, विचार, डिजिटल फोटो, भिडियो, प्रत्यक्ष कुराकानी, सुचना आदान प्रदान सहज छिटो छरितो माध्यम वन्न पुगेकोले र यो समुदायमा आधारित सामाग्री आदान प्रदान गर्ने सञ्चार साधनको रुपमा यसलाई धेरै भन्दा धेरैेले प्रयोगगर्ने भएकोले यसलाई सामाजिक संजाल भनिएको हो ।
सामाजिक सञ्जालका च्यानलहरु प्राय निःशुल्क हुन्छन । फेसवुक, युट्युव, भाइवर, ट्वीटर, ह्वाट्सअफ, म्यासेन्जर, टिकटंक आदि यसका उदाहरण हुन् । यो खासगरी कम्प्यूटर वा स्मार्टफोन जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गर्ने गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तीेले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकोले यो अहिले मानिसहरुको अभिन्नअंग जस्तै वन्दै गएको छ । हाल विश्व तथ्यांक अनुसार एक व्यक्तीले दिनको २० देखि २५ प्रतिशत समय इन्टरनेटमा विताउने गरेको तथ्यांक वाहिरएको छ ।
सामाजिक सञ्जालको प्रयोग र प्रभाव
विगत एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सू(सुचित र जानकार भइसकेको छ । सञ्चार क्षेत्रमा आम जनताको पहुँच स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष हो । इन्टरनेट प्रविधिको माध्यमद्धारा आफ्ना विचार वा सिर्जनशिलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ । हात हातमा मोवाइल र इन्टरनेटको सहज उपलव्धताले गर्दा विश्व जनसख्याको ठुलो हिस्सा सुचना प्रणालीमा जोडिन सहज भएको हो र यसले सामाजिक सञ्जालमा समेत पहुँच राख्छ साथै यसको प्रयोगको दायरा व्यपाक छ । अहिले सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा विभिन्न ढंगले वहसका विषयहरु आई रहेका छन् । यसको प्रयोग र विकासले समाजमा राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुमा फेरवदल ल्याई पुराना मान्यताहरु भत्किएर नयाँ सोचको व्यापक उत्खनन पनि भएको छ ।
हरेक पेसा र क्षेत्रका व्यक्तीले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यो व्यक्तिको सवैभन्दा नजिकको साथीजस्तै बनेको छ । यसलाई सुचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिका रुपमा अथ्र्याउन पनि सकिन्छ । हामीले यहाँ सुचनाको प्राविधिक पक्षमा भन्दा यसका सामाजिक प्रभाव र असरहरुका क्षेत्रमा रहेर वढी चर्चा गर्नुपर्ने भएको छ । वितेका केही समयदेखि अहिलेसम्म नियाल्दा अनलाईन सञ्चारको प्रभाव वढी छ । तर यसमा भइरहेको विकाससँगै सूचनाको विश्वसनियता र तटस्थता माथि पनि उत्तिकै प्रश्नहरु उठिरहेका छन् । सामाजिक सञ्जालको प्रभाव त अझै तीव्र देखिन्छ । यसको प्रयोगवाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि यूवा पुस्ताले गरिरहेको देखिन्छ र यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिदै आइरहेको छ । अनलाईन सुचना र सामाजिक सञ्जाल सुचना आदान प्रदान, जानकारी र सिकाइको महत्वपूर्ण माध्यम हो । पछिल्लो लकडाउन अवधिमा यसलाई नै प्लेटफर्म वनाएर विभिन्न सञ्जालको माध्यमहरुको प्रयोगले शिक्षण सिकाई, छलफल, अन्तरक्रिया, सेमिनार, महत्वपूर्ण कार्यसम्पादन समेत सम्पन्न गरिएको सर्व विदितै छ, जुन यसको सकारात्मक पक्ष हो ।
सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा अस्त्र वनाएर प्रयोग गर्ने, बदनाम गर्न खोज्ने, अनावश्यक टिकाटिप्पणीको थलो वनाउन खोज्ने, संगठित साइवर समुह वनाउने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रर्दशन गर्ने, तथ्यहीन जानकारी दिएर जनस्तरलाई भ्रममा पार्ने, अश्लीलता प्रदर्शन गर्ने, समाज र राष्ट्रलाई हानी गर्ने कुरा शेयर गर्ने जस्ता गलत क्रियाकलापले नयाँ पुस्तालाई दिग्भ्रमित, चेतनाशुन्य र दिशाहिन अवस्थामा पु¥याउन सक्ने कहालीलाग्दो चित्र पनि देखिन थाली सकेको छ । त्यसैले सामाजिक सञ्जाललाई आफ्नो निहीत स्वार्थ र मनोरन्जनको साधन मात्र नवनाएर यसमा खर्च हुने समय उत्पादनशील विषयमा उपयोग गरौ । आफ्नो अध्ययन अनुसन्धान र राष्ट्रको हितमा सञ्जालको प्रयोग गरी ज्ञान प्रणालीलाई विकसित तुल्याउन उपयोग गर्न सकिन्छ । निजी र सार्वजनिक सेवा प्रवाहमा समेत यसको प्रयोगवाट समुचित फाइदा लिन सकिन्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदान प्रदान गर्न नयाँ प्रविधि र सिकाई प्राप्त गर्न आफ्नो लगनशीलता र काममा श्रेष्ठता हासिल गर्न र राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ । सञ्जाललाई समाजको जनचेतना वढाउन र वृहत्तर हितमा उपयोग गरौ । साइवर सुरक्षामा चनाखो र सतर्कता कायम राखौं । भाइरल हुनु मात्र ठुलो कुरा होइन, सुचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्धभावको कुरालाई मनन गरेर अघि वढौं । सामाजिक सञ्जाल र सुचना प्रणालीले समाजलाई जोड्ने र सकारात्मकता तर्फ लैजान सवैको उत्तिकै दायित्व र जिम्मेवारी हो ।
सामाजिक सञ्जालका फाइदाहरुः
सोसियल मिडिया भन्ने वितिकै सामाजिक सञ्जाल भन्ने वुझाइ छ । तर सत्यता भने सामाजिक सञ्जाल सोसियल मिडियाको एउटा बलियो पिपलको हाँगाको रुपमा रहेको छ । यसको प्रयोग कुन रुपमा गर्ने भन्ने आफ्नो विवेकको कुरा हो । मिडिया भन्ने वित्तिकै स्वतन्त्राको अभिव्यक्ति भन्ने वुझिन्छ । त्यसलै सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिस समक्ष पुग्ने माध्यम वनेको छ ।तपाई जे जस्तो सोसियल मिडियामा पोष्ट गर्नुहुन्छ त्यो ग्लोबल विश्वव्यापी हुन जान्छ तर त्यसमा कतिले हेर्न सके पढ्न सके त्यो छुट्टै पाटो रहेको छ ।
सामाजिक सञ्जालका फाइदाहरु वुँदागतः
१. सुचना छिटो आदान प्रदान गर्न सकिने ।
२. जुनसुकै ठाउमा वसेर स्वदेश तथा विदेशमा प्रयक्ष सम्र्पक कुराकानी गर्न सकिने ।
३. महत्वपूर्ण कागजपत्र तथा फोटो, भिडियो आदान प्रदान गर्न सकिने को साथै प्रत्यक्ष प्रसारण गर्न सकिने ।
४. घरमानै वसेर कुनै पनि सामान खरीद विक्री गर्न सकिने ।
५. आफ्ना विचार अभिव्यक्तिहरु राख्न मिल्ने ।
६. व्यापार व्यवसाय हरेकमा प्रयोग गर्न सकिने ।
सामाजिक सञ्जालका वेफाइदाहरुः
कुनै पनि चिजको फाइदा वेफादा भए जस्तै समाजिक सञ्जालको पनि फाइदा वेफाइदा दुवै छ । सामाजिक सञ्जालको माध्यमद्धारा साइवर वुलिङ्गको सिकार वन्ने को सख्या विश्वमा १९ प्रतिशत भन्दा भाथि पुगेको र त्यसमा पनि १८ वर्ष भन्दा मुनिका विद्यार्थीहरु परेको एक अध्ययनले जनाएको छ । त्यसैले इन्टरनेट चलाउदा प्रयोग गर्न हुने नहुने धेरै साइडहरु छन् त्यसमा हामीले सामाजिक सञ्जाल राम्रो हो यो हाम्रो आधुनिक संस्कारको एउटा पाटो हो भनी त्यसवाट वच्ने उपाय भनेको धेरै साइडहरु मा राम्रो साइडहरु वुझेर सावधानी अपनाएर मात्र प्रयोग गर्ने गर्नु पर्दछ ।
सामाजिक सञ्जालका वेफाइदाहरु बुँदागतः
– सामाजिक सञ्जालमा वढी समय खर्च नगर्ने
– समाजिक सञ्जालमा नकारात्मक टिप्पणी तथा शेयर नगर्ने ।
– नचिनेका व्यक्तिहरु सँग सामाजिक सञ्जालमा कुराकानी फोटो आदान प्रदान नगर्ने ।
– सामाजिक सञ्जाललाई अध्ययनको विषय वस्तुको साधन भन्दा मनोरन्जनको साधानको रुपमा प्रयोग गर्ने ।
– गलत समाचार विषय वस्तु सम्प्रेषण गर्ने ।
सामाजिक सञ्जालले आजको समयमा मध्यस्थताको काम गरेको छ । सामाजिक सञ्जाल मार्फत आफ्ना विचार, रुचि, अभिव्यक्ति र जानकारीहरु प्रवाह गर्ने सुविधा प्रदान गरेको छ । सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेवलग, सामाजिक ब्लग, विकिपिडया, टिवटर, युटुयुव, फेसवुक, लाइकी, टिकटक, इन्स्टाग्राम आदी पर्दछन् सोचौ, वुझौ र सुरक्षित रही सामाजिक सञ्जालको प्रयोग गरौं ।