शनिबार खानेपानी ट्यांकीको सिलान्यास गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडाका ५ हजार घरपरिवार लाभान्वित हुने गरी खानेपानीको योजना सुरु भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयमार्फत खानेपानी योजना सुरु भएको हो ।

खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको १२ नम्बर वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभएको छ । २ लाख लिटर क्षमताको ट्याङकी निर्माणको कार्य शनिबारबाट सुरु गरिएको हो । हेटौंडा–१२, घरेटीडाँडामा ट्यांकी निर्माण गर्न लागिएको छ । पानी ट्यांकी सतहमै निर्माण गर्न लागिएको छ । चकरी खोलाबाट समवेलमा पानी संकलन गरी ट्यांकीमा लिफ्ट गर्ने जनाएको छ ।